२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बिआरसी बेलडाँगी रिफुजी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश

Author Uttari Morang
बिहिबार, फाल्गुण १७, २०८०
बिआरसी बेलडाँगी रिफुजी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरेमा भइरहेको सुजना राइजिङ ब्रदर्स छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को दोस्रो क्वाटरफाइनल खेलमा झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) सेमीफाइनलमा प्रवेश गरेको छ।
बुधबार प्रस्तावित पथरीशनिश्चरे रङ्गशालामा सम्पन्न खेलमा फेयर क्लब धरान विरूद्ध १ को ३ गोल गर्दैै बिआरसी सेमीफाइनलमा प्रवेश गरेको हो।

विदेशी खेलाडीहरू सहित मैदानमा उत्रिएका दुवै टीमको खेल प्रतिस्पर्धात्मक थियो तर बिआरसीले खेल जित्यो । बिआरसी बेलडाँगीका जर्सी नं २२ का डेभिडले ७ औं मिनेटमा गोल गर्दैै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । मध्यभागबाट गौरव धिमालले दिएको पासलाई नियन्त्रणमा लिएर उनले प्रहार गरेको बलले जाली चुम्दै गोल भएको थियो।
त्यस्तै, खेलको ३४ औं मिनेटमा सोहि टिमका जर्सी नं ११ का वर्तमान राईले ३४ मिनेटमा अर्को गोल गर्दैै आफ्नो टिमलाई २-० को अग्रता दिलाए ।
दोस्रो हाफको २९ औं मिनेटमा बेलडाँगी रिफुजी क्लबका जर्सी नं २२ का डेभिडले विपक्षी टिमको डिएरीया बक्सबाट पुनः अर्को गोल थप्दै आफ्नो टिमलाई ३-० अग्रता दिलाए।

खेलको ३० औं मिनेटमा मैदान प्रवेश गरेका फेयर क्लब धरानका १४ का सुवास तामाङले ३४ औं मिनेटमा १ गोल फर्काउँदै गोल अन्तरलाई ३- १ बनाएका थिए। बुधबारको खेलमा “म्यान अफ दि म्याच’ – बिआरसी बेलडाँगीका डेभिड घोषित भए । उनलाई पथरीशनिश्चरे वडा नं -२ का वडाध्यक्ष नैना साम्पाङ राईले नगद २ हजार रुपैयाँ नगद सहित ट्रफि प्रदान गरे ।
बिहीबारको खेल बि .वाई. सी. र कन्चनजंघा एफसी भारत बिच हुने आयोजक समितिका सुमन कुरूङवाङले जनाएका छन्।