२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

सिद्धार्थ सेकेण्डरी स्कुलले भब्य रूपमा मनायो २९ औं बार्षिकोत्सव

Author Uttari Morang
आइतबार, फाल्गुण २०, २०८०
सिद्धार्थ सेकेण्डरी स्कुलले भब्य रूपमा मनायो २९ औं बार्षिकोत्सव

सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी भब्य रूपमा मनाएको छ ।
२९ औं बार्षिकोत्सव मनाउने क्रममा विद्यार्थीहरुको स्पीच आइडल, सिंगिङ आइडल, डान्सिङ आइडल र पेण्टिङ आइडल तथा अभिभावकहरुको पेण्टिङ आइडल, मम्मी डान्स, म्याराथन, भलिबल फुटबल लगायतका कार्यक्रम भएका छन् ।
फागुन १५ गते रक्तदान कार्यक्रम आयोजना गरेको स्कुलले १६ गतेदेखि १८ गतेसम्म साँस्कृतिक कार्यक्रम, आइडलका फाइनल अडिसनहरु र छात्रवृत्ति एवम् पुरस्कार बितरण कार्यक्रम पनि गरेको थियो ।
बार्षिकोत्सवको अबसरमा जेहेन्दार, बिपन्न र परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने १ सयजनाभन्दा बढी विद्यार्थीहरुलाइ चेक मार्फत जम्मा ८ लाखभन्दा बढीको छात्रवृत्ति तथा कक्षा उतिर्ण हुँदा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी स्कुलका भाइस प्रिन्सिपल जिवन पौडेललाई बेस्ट इभेण्ट म्यानेजर अवार्डद्वारा सम्मानित गरिएको छ । सुबोध चौधरी र मियोङ्सा राइलाइ बेस्ट प्लेयर अफ द इयर २०८० बाट , ब्लाक बेल्ट प्राप्त तेक्वान्दो खेलाडीलाइ सिद्दार्थ जेम्स २०८० बाट सम्मानित गरिएको छ । त्यस्तै साहित्यतर्फ मोहनप्रासाद काफ्ले, युवा ब्यबाशायीतर्फ दिपेश जोशी, पुराना ब्यबशायीतर्फ स्कुलको लागि टाइ, बेल्ट र ट्र्याक सुट दिने शम्भु शर्मा र सांगेतिक क्षेत्रबाट साजन राइ सम्मानित भएका छन् ।
बार्षिकोत्सवको पहिलो दिन प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, दोस्रो दिन सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार गुरागाइँ र तेस्रो दिन नगरपालिकाको शिक्षा शाखा अधिकृत लीलादेवी ओझा अतिथि थिइन् ।
स्कुलले बिगतदेखि हरेक बर्ष आयोजना गर्दै आएको विभिन्न आइडलको अन्तिम चरणको प्रतिस्पर्धा पनि बार्षिकोत्सवको कार्यक्रममै सम्पन्न भएका छन् । जस अन्तरगत पेण्टिङ (ड्राइङ) आइडलको सिनियरतर्फ कक्षा ७ का आर्जन बस्नेत प्रथम, कक्षा ८ का सुमिना मगर र अभिज्ञ आचार्य द्वितीय र प्रेरणा राइ तृतीय भएका छन् । पेण्टिङ आइडलकै जुनियरतर्फ कक्षा ५ का ओस्कार रिमाल प्रथम, भवेश राई द्वितीय र कक्षा ४ का संस्कार रिमाल तृतीय भएका छन् ।
अभिभावकहरुबिच प्रतिस्पर्धा गराइएको प्यारेण्टस पेण्टिङ आइडलतर्फ नवीन पौडेल प्रथम, छायाँ दाहाल द्वितीय र घनश्याम दुलाल तृतीय भए ।
विद्यार्थी सिंङ्गिङ आइडलको सिनियरतर्फ (कक्षा ११/१२) प्रश्ना पाण्डे प्रथम, कृष थापा मगर दोश्रो र बिशाल केसी तेस्रो भएका छन् । कक्षा ६ देखि ९ बाट सांगमो पाख्रीन, तृसना भट्टराई र अंकित भण्डारी क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् ।
विद्यार्थी सिंङ्गिङ आइडलको जुनियर (कक्षा ४-५) तर्फ रिदम खड्का प्रथम, सानवी चौलागाईं द्वितीय र प्रवेग ढुंगेल तृतीय भएका छन् ।
प्यारेन्टस सिंङ्गिङ आइडलतर्फ गोबिन्द बस्नेत प्रथम, सुर्जा राई द्वितीय र मोहन कार्की तृतीय भएका छन् ।
डान्सिङ आइडल जुनियरतर्फ कक्षा १-३ को समूहबाट सिवानी राई पहिलो, पेमदिगा तामाङ दोश्रो र प्रकृति घिमिरे अनि इशा रायमाझी तेस्रो बनेका छन् । कक्षा ४-५ समूहतर्फ आरोही खड्का प्रथम, सिम्रन खड्का द्वितिय र सम्पदा घिमिरे तेस्रो भएका छन् । डान्सिङ आइडल सिनियरतर्फ कक्षा ६-७ समूहबाट मालिक कार्की, योङ्सिका बान्तवा र राशी पोख्रेल प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ८-१० समूहतर्फ फुङ्मा लिम्बू प्रथम, युब्सन बस्नेत द्वितीय र सम्झना खपाङ्गी तथा कक्षा ११-१२ तर्फबाट संजोग सुन्दास, मेरिसा गिरी र अबिना धिमाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै सेफ आइडल (कम्पिटिस) तर्फ कक्षा ११-१२ बाट खुश्बु गुरुङ प्रथम, सन्दीप पुलामी मगर द्वितीय र हिमाल पुलामी मगर तृतीय भएका छन् ।
त्यसैगरी मम्मी डान्सिङ आइडलतर्फ सरिता पोख्रेल प्रथम, प्रिति लिम्बू द्वितीय तथा सबिना भट्टराई र नैना राई तृतीय भएका छन् ।
त्यसैगरी स्पिच आइडलको जुनियरतर्फ कक्षा १-३ बाट सायरा खतिवडा प्रथम, हार्दिक थापा दोस्रो तथा इरान भण्डारी र आएजा थापा तेस्रो भएका छन् । कक्षा ४-५ बाट प्राप्ती धमला, स्तुति रुपाखेती र आरध्या नेउपाने क्रमस : प्रथम द्वितीय त्र तृतीय भएका छन् ।
स्पिच आइडलको सिनियरतर्फ कक्षा ६-७ बाट भिमार्जुन निरौला प्रथम, शरण परियार दोस्रो तथा भिजन ढकाल र निशान आचार्य तृतीयअनि कक्षा ८-१० बाट युब्सन बस्नेत र पवन खड्का प्रथम, अंकिता पोख्रेल र जिया क्षेत्री द्वितीय एवम् प्रान्जु घिमिरे तृतीय भएका छन् ।
त्यस्तै स्पिच आइडलकै कक्षा ११-१२ बाट अनोज लामिछाने प्रथम, पुर्णिामा कोइराला द्वितीय र सिवानी बस्नेत तृतीय भएका छन् ।