२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

Author Uttari Morang
आइतबार, चैत्र ०४, २०८०
एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ ।
शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो ।
एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल गरेका थिए । मोरङका उमेश कार्कीले ४३औं मिनेटमा गोल फर्काए पनि हार रोक्न सकेनन् ।
प्रतियोगिताको विजेता एनआरटीले १० लाख र उपविजेता मोरङले ५ लाख रुपैयाँ पाएका छन् । यसअघि एनआरटीले १०औं संस्करणमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित भए । उनले एक लाख नगद हात पारे । एनआरटीका अफिज ओलावाले, सरोज तामाङ र मोरङका उमेश कार्की उच्च गोलकर्ता बने । उनीहरुले जनही १२/१२ हजार रुपैयाँ प्राप्त गरे ।
बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट गोलकिपर एनआरटीका पूजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमान घोषित भए । उनीहरूले जनही २५/ २५ हजार रुपैयाँ प्राप्त गरे ।
एनआरटीले गत संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पेनाल्टीमा ५-० ले पराजित गर्दै मोरङ सँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो ।