२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि शुरु हुनेभो प्लस टु को पढाई 

Author Uttari Morang
शनिबार, आषाढ ०८, २०८१
गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि शुरु हुनेभो प्लस टु को पढाई 

मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई हुने भएको छ ।

यसै शैक्षिक शत्रदेखि विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा अध्ययन गर्न पाउनेछन् । उनले दुवै सङ्कायका कक्षा सञ्चालनका लागि दक्ष तथा अनुभवी शिक्षकहरूको समूह छनौट गरिसकिएको बताए ।

कक्षा ११ का दुवै सङ्कायमा भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई २५ प्रतिशत छुट दिइने र प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विशेष छुटको व्यवस्था विद्यालयका सञ्चालक समिति अध्यक्ष माधवराज थापाले जानकारी दिए ।