२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

Author Uttari Morang
मंगलबार, आषाढ १८, २०८१
लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् ।
पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिले एभरेष्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरेको कविता प्रतियोगिताको शनिबार भएको फाइनलमा लोकसागार साम्बा आइडल घोषित भएका हुन् । विजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ । साम्बा बुद्धिचाल .(चेसं)को राष्ट्रिय खेलाडी समेत हुन् । राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान आउन सफल साम्बा, बुद्धिचालकै पथरीशनिश्चरे नगर, मोरङ जिल्ला च्याम्पियनहुँदै राष्ट्रिय पुरस्कारसम्म जित्न सफल भएका खेलाडीसमेत हुन् ।
पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको पहिलो कविता प्रतियोगितामा तीन चरणको प्रतिस्पर्धा गराइएको थियो । पहिलाे चरणमा प्रथम भएका साम्बाले ‘यहीनेर म अनागरिक’, दोस्रो चरणमा ‘यसरी देश छोडेँ’ र लाइभ लेखन चरणमा ‘झरीसँग प्रेम’ शीर्षकको कविता लेखेर दमदार प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा २४ जनाबाट १० जना छानिएको थियो । दोस्रो चरणमा चार जना र चार जनालाई ‘झरीसँग प्रेम’ शीर्षकमा कविता लेख्न दिइएको थियो ।
प्रतियोगितामा प्रशसना तिम्सिना (रेडस्टार बोर्डिङ स्कुल)ं, लाजिमा सुन्दास .(सिंहबाहिनी माविं), पवित्रा खनाल .(सिंहबाहिनी माविं) क्रमस: दोस्रो, तेस्रो र सान्वना पुरस्कार जितेका छन् । विजेता कविहरुलाई १०, ५ र २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको आयोजक समितिको अध्यक्ष अमिर राईले बताए ।
कार्यक्रममा नगरका पुराना मूर्तिकार कृष्णभक्त गजमेरलाई नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा नाटक ‘स्कुल प्रदर्शन’ प्रदर्शन गर्नुको साथै विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा हेमन यात्री, विष्णुप्रसाद न्यौपाने, किशोर कोइराला, खगेन्द्र खुशी रहेका थिए ।
पथरीशनिश्चरे नगरका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको वर्तमान प्रवक्ता नवीन कार्की, २ नं. वडा अध्यक्ष नैना राई,७ का अध्यक्ष उद्धप बस्नेत, पथरीबहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, साहित्यकार/ पत्रकार भूपेन्द्र तिम्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार तथा शिक्षक सुमन राई, विद्रोही कान्छा (अशोक साम्पाङ) लगायतले अप्रतियोगि रचना वाचन गरेका थिए ।
कार्यक्रम सफल पार्न साहित्यकार लक्ष्मीप्रसाद फुयाँल, टेलि सिरियल निर्देशक हरेन्द्र खत्री, नाटक लेखक निर्देशक जीवन बराल लगायतको सक्रियता रहेको थियो ।