२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पथरीशनिश्चरे नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई साइकल वितरण

Author Uttari Morang
बिहिबार, आषाढ २७, २०८१
पथरीशनिश्चरे नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई साइकल वितरण

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र -छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गरेकी हुन ।
नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र -छात्राहरुलाई साइकल वितरण गरिएको हो । जसअन्तर्गत पञ्चायत माविका २ जना, जनता माविका २ जना, अमरसिंह माविका २ जना, भागीरथ माविको ३ जना, बुद्ध माविको ५ जना र सिंहवाहिनी माविको २ जनालाई साइकल वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले जानकारी दिए। कुल ३५ ओटा साइकलमध्ये बाँकी साइकल पञ्चायत माविका विद्यार्थीलाई चाँडै हस्तान्तरण गरिने अधिकृत खुलाल बुढाथोकीले बताए।