२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

वाल्मीकी स्कुलद्वारा एसईईको २३ औं व्याचका ७४ जना विद्यार्थीलाई शुभकामना सहित विदाई

Author Uttari Morang
आइतबार, आषाढ ३०, २०८१
वाल्मीकी स्कुलद्वारा एसईईको २३ औं व्याचका ७४ जना विद्यार्थीलाई शुभकामना सहित विदाई

पथरी समाचारदाता । 
वाल्मीकी मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसईई व्याच २०८० अर्थात  ३२ औं व्याचका एसईई ग्रयाजुएट  विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरी विदाई गरेको छ।
सिन भिलेज पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रममार्फत स्कुलले ती विद्यार्थीहरूलाई बधाई सहित विदाई गरेको हो।
अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, वडाध्यक्ष नैना साम्पाङ राई, विद्यालयका प्रिन्सिपल चन्द्र प्रकास दुलाल, निर्देशक नवोलकिशोर खनाल, एनप्याब्सन पथरीशनिश्चरे नगरका अध्यक्ष थिर प्रसाद आचार्य अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रममा अभिभावक – ऋषिराज धिमालबाट शुभ कामना मन्तव्य राखेका थिए ।
यस विद्यालयबाट एसईई परीक्षामा ३.९५ जीपीएसहित दिवस बस्नेत, ३.९५ जीपीएसहित सुभाङगद घिमिरे, ३.९१ जिपिएसहित आमाेस नेपाल लगायत ७४ जना विद्यार्थी उत्तीर्ण भएका थिए । ८ जनाले भने आगामी साउन अन्तिम सातामा हुने पूरक परीक्षामा सामेल हुनेछन्।
सोही विद्यालयका विद्यार्थी भ्वाइस अफ नेपाल सिजन -३ को टिम मिलनबाट ब्याटल राउण्ड पुगेका प्रतियोगी कक्षा -६ का निकोलस विकले गायन, शिक्षक टंक भट्टराईले पद्य कविता तथा विद्यार्थीहरूले विभिन्न समुदायहरूका विविध सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।