२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नोवेल अस्पतालद्वारा पथरीमा बेहोस अबस्थामा भेटिएका वृद्धको निशुल्क उपचार

Author Uttari Morang
आइतबार, आषाढ ३०, २०८१
नोवेल अस्पतालद्वारा पथरीमा बेहोस अबस्थामा भेटिएका वृद्धको निशुल्क उपचार

नोवेल अस्पतालले बेहोस अबस्थामा भेटिएका पथरीशनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ६० का बुद्धिमान दर्जीको निशुल्क उपचार गरेको छ ।

असार दोस्रो साता  रातीको समयमा बहोस अवस्थामा भेटिएका बुद्धिमानलाई सोही दिन परिवारले नोवेल अस्पताल पुर्याएपछि निजको निशुल्क उपचार भएको हो ।

छिमेकी रुपनारायण पौडेल र हरिनारायण लिम्बुको सहयोगमा एम्बुलेन्सबाट नोवेल अस्पताल पुर्याएका थिए । असार २७ गते डिस्र्चाज भएर बुद्धिमान घर आइसकेका छन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ४ का वडा अध्यक्ष लोककिरण न्यौपानेका अनुसार बुद्धिमानलाई आइसियुमा राखेर उपचार गरेको रकम समेत सांसद डा. सुनिल शर्माले छुट गराइदिएको बताए ।

आर्थिक रुपमा कमजोर पारिवारक अवस्था रहेका बुद्धिमान दर्जीको परिवारलाई सांसद डा. सुनिल शर्माले उपचार रकम छुट गरिदिंदा ठुलो राहत भएको भएको श्रीमती कोपिला दर्जीले बताइन ।