२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री

Author Uttari Morang
शुक्रबार, साउन ०४, २०८१
बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री

सामुदायिक वन समुदायकै हो भन्ने महसुस गराउन यस्तो कार्यक्रम ल्याएको जनचाहना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खगेन्द्र नेपालले बताए ।

बुधबार नै बिपन्न परीवार सहित दृष्टिबिहिन एक परिवारलाई सुत्ने खाट प्रदान गरेको छ। वनले स्थानीय युवाहरुको लागि   १ थान फुटबल पनि बितरण गरेको छ ।

सामुदायिक वनले बिपन्न उपभोक्ताका साथै आधारभुत स्वास्थ्य केन्द्र लेटाङ-२ लाई एक- एकवटा औसधि राख्ने र्‍याक र ब्रेन्च, लक्ष्मी माबी लेटाङ २ लाई दुई थान हेल्प डेस्क, नगर अस्पताल लेटाङ-३ लाई १ थान  टेबुल र दुई थान ब्रेन्च ,  लेटाङ २ स्थित नागेस्वर शिवालय मन्दिर लाई १ थान दराज र १ थान टेबुल तथा बुधबारे प्रहरी चौकीलाइ-१ थान खाट हस्तान्तरण गरेको सामुदायिक वनले जानकारी दिएको छ ।

त्यसैगरी  गत आर्थिक बर्ष र यसबर्ष गरी सो सामुदायिक  वन समुहकै पहलमा समाधीस्थल आसपास करिब २१०० रिरुवा रोपिएको र उपभोक्ताहरुलाइ विभिन्न प्रजातिका बिरुवाहरु उपलब्ध गराएको सामुदायिक वनका अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए । यस वनले कुनै उपभोक्ताको मृत्यु भए निशुल्क दाउरा र राहत कोषबाट ३ हजार रुपैयाँ दिने गरेको छ ।