२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बालगृहका ६८ बालबालिकालाई खाना खुवाउँदै जमर्कोले मनायो बाह्रौं वार्षिकोत्सव

Author Uttari Morang
सोमबार, साउन ०७, २०८१
बालगृहका ६८ बालबालिकालाई खाना खुवाउँदै जमर्कोले मनायो बाह्रौं वार्षिकोत्सव

पथरी शनिश्चरेबाट प्रकाशित हुँदै आएको जमर्को साप्ताहिकले  उर्लाबारी- ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकालाई खाना खुवाउँदै बाह्रौं वार्षिकोत्सव मनाएको छ ।
पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने गरिएकोमा यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउनेमनाइएको र आगामी दिनमा आफू तथा आफू निकट संघ संस्था एवं व्यक्तिहरूलाई यस्तै कार्यक्रमहरू गर्न प्रेरित गर्ने प्रतिबद्धता जाहेर गरे ।

पत्रकार घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा बाल गृहकी अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि मिना बरालले सबैको सहयोगले अहिले १४० जना बालबालिकाहरूलाई आफूले हुर्काई बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरेकी छन्।