२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

नोबेल मेडिकल कलेजसहित १० वटा अस्पतालहरु स्वास्थ्य बीमाका लागि सूचीकृत

Author Uttari Morang
शुक्रबार, जेठ १८, २०८१
नोबेल मेडिकल कलेजसहित १० वटा अस्पतालहरु स्वास्थ्य बीमाका लागि सूचीकृत

स्वास्थ्य बीमा बोर्डले नोबेल मेडिकल कलेजसहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि सूचीकृत गरेको छ ।

बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा सूचीकृत काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा,  बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए ।यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन् । अहिले बीमा कार्यक्रम पाउने अधिकांस मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए । बोर्डले समयमै उक्त रकम भुक्तानी नगरेको भन्दै उनीहरु बाहिरिएका थिए । बीमा कार्यक्रमबाट निस्किएसँगै बिरामीहरु घटेपछि उनीहरुले फेरि लबिङ थालेका थिए ।