२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

डाक्टर सुनिल शर्माको पहलमा रोल्पामा २ हजार ७ सय बिरामीले पाए जाँच तथा उपचार सेवा

Author Uttari Morang
शनिबार, चैत्र ०३, २०८०
डाक्टर सुनिल शर्माको पहलमा रोल्पामा २ हजार ७ सय बिरामीले पाए जाँच तथा उपचार सेवा

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको पहलमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट रोल्पामा २ हजार ७ सय बढी बिरामीले निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार पएका छन् ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले फागुन २० र २१ गते रोल्पाको जिल्ला अस्पतालमा आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जना बिरामीलाई सेवा दिएका हुन् ।

शिविरमा १५३ जनाको इसिजी, २१७ जनाको ल्याब परीक्षण, २७८ जनाको भिडियो एक्सरे, ८७ जनाको इको तथा ६६ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ७ जनाको प्लास्टर समेत गरिएको छ । शिविरमा आएका मध्ये २९४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको र उनीहरुलाई सांसद शर्माको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिने केएमसीका जनरल मेनेजर दाहालले बताए ।

रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्तीको सभापतित्वमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन पूर्वमन्त्री तथा शुशिल कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनले गरेका थिए । कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कांग्रेस लुम्विनी प्रदेश प्रमुख सचेतक निमा गिरी, केएमसीका जनरल मेनेजर नारायण दाहाल, डिएसपी श्याम कुमार सारु मगर, रोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन लोकरत्न ज्ञवाली, जिल्ला अस्पताल अध्यक्ष शेर बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

शुशिल कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरको सह–आयोजकमा जिल्ला अस्पताल रहेको थियो । शिविरमा गरिब, विपन्न, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।