प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो, तर अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
त्यसपछि सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाको निर्णय सदर गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो ।




