२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

दुर्गा माविका दुई दर्जन विद्यार्थीले मञ्चन गरे “छिमेकी”नामक  नाटक  

Author Uttari Morang
आइतबार, साउन २०, २०८१
दुर्गा माविका दुई दर्जन विद्यार्थीले मञ्चन गरे “छिमेकी”नामक  नाटक  

पथरी समाचारदाता साउन-१५ गते । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ मोरङका विद्यार्थीहरुले “छिमेकी” नाटक मञ्चन गरेका छन ।
विद्यालयमा अध्यानरत विद्यार्थी कलाकारहरुले आफ्नै भवनमा नाटक मञ्चन गरेका हुन ।
रोशन मण्डल, शजिउ शर्मा, आशिक दर्जी, रापुन्जेल हेमरन, अस्मीता रसाइली, रविना गुप्ता, नम्रता श्रेष्ठ, हेन्खामा राई, नेल्शन राई, आशिका दर्जी, आशिका बिक, प्रिया श्रेष्ठ, दिपक शाह, जस्मीन राई, अनिस राई, शनिस शर्मा, सिम्रन जैरु, रोज जैराई, रोजी सुनुवार, चन्दन पण्डित, मोहन तामाङ र दिम्पु जैराईले अभिनय गरेका थिए ।
गुरुप्रसाद मैनालीको “छिमेकी” कवितामा आधारित रहेर निर्माण गरिएको नाटकको निर्देशन बरिष्ठ रंगकर्मी तथा शब्द थिएटरका निर्देशक जीवन बराल र सुमन कुइकेल बरालले निर्देशन गरेका हुन ।
कार्यक्रमको प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका कार्यालय शिक्षा शाखाका प्रतिनिधि बिना मिश्र दाहाल, चन्द्र किरातेश्वर मावि पथरी शनिश्चरेका प्रधानध्यापक हर्क जिमी, पूर्व वडा सदस्य, बिरोज मगर, लगायत अभिभावक, र उपस्थित दर्शकले कलाकारहरुको अभिनय राम्रो लागेको प्रतिक्रिया दिए ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक केशव न्यौपानेले संचालन गरेका थिए ।