२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

फ्रान्सेली स्काउट टोलीद्वारा पथरी शनिश्चरे भ्रमण, रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग भेटघाट

Author Uttari Morang
सोमबार, साउन २१, २०८१
फ्रान्सेली स्काउट टोलीद्वारा पथरी शनिश्चरे भ्रमण, रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग भेटघाट

पथरी समाचारदाता । फ्रान्सेलि स्काउट टोलिले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्काउट विद्यार्थीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सांस्कृतिक आदानप्रदान र स्काउटिङको अनुभवलाई साझा गर्ने उद्देश्यका साथ उनिहरुले स्थानीय विद्यालयहरूमा भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन् ।

फ्रान्सबाट आएका चार सदस्यीय टोलीले पथरी शनिश्चरे वडा नं. २ स्थित रेड स्टार वोर्डिङ स्कुल र पञ्चायत माध्यमिक विद्यालयको भ्रमण गरेका छन्।

यी विद्यालयहरूमा विद्यार्थीहरूसँग भेटघाट गर्दै, उनीहरूलाई फ्रान्समा खेलिने स्काउट खेलहरूको प्रशिक्षण पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको शुरुवातमा, पथरी शनिश्चरे नगरपालिकाका स्थानीय प्रमुख आयुक्त रोशन बुढाथोकीले फ्रान्सेली स्काउट टोलीलाई स्वागत गरेका थिए। रेडस्टारका प्रिन्सिपल टि एन तिम्सिना र पञ्चायत माविका सहायक प्रधानाध्यापक मोहन गौतमले विद्यालयको तर्फबाट टोलीलाई स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा रेड स्टार विद्यालयका संचालक विजय डाँगी, राजु तिम्सिना, वसन्त मादेन, सुमन गजमेर, विवेक न्यौपाने लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, दमक नगरपालिकाका स्थानीय प्रमुख आयुक्त साजनको पनि उपस्थिति रहेको थियो।