२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाद्वारा ४५ जना कर्मचारीको आन्तरिक सरुवा

Author Uttari Morang
शुक्रबार, साउन ०४, २०८१
बेलबारी नगरपालिकाद्वारा ४५ जना कर्मचारीको आन्तरिक सरुवा

बेलबारी नगरपालिकाले ४५ जना कर्मचारीको आन्तरिक सरुवा गरेको छ ।
नगरपालिका क्षेत्रका ११ वटै वडा कार्यालयहरूमा कार्यरत ३३ जना प्रशासनिक र नौ जना प्राविधिक कर्मचारीको सरुवा गरिएको हो।
यसैगरी , नगरपा लिका कार्यालयभित्र कार्यरत दुईजना प्रशासनिक र एकजना प्राविधिक पनि सरुवामा परेका छन्। नगरपालिका अन्तरगत जम्मा ४५
जना कर्मचारीको आन्तरिक सरुवा भएको नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको आन्तरिक निर्णय अनुसार कर्मचारी सरुवा गरिएको हो । कर्मचारीको अनुभवमा विविधता तथा सेवामा प्रभावकारिता वृद्धि गर्ने उद्देश्यले कर्मचारीको आन्तरिक सरुवा गर्ने परिपाटी सुरु गरिएको खड्काले बताए।
आन्तरिक सरुवा गर्ने सवालमा नगरप्रमुख र प्रमुख प्रशा सकीय अधिकृतबीच छलफल भई एक वडामा कार्यरत कर्मचारी पहिले नबसेको वडामा पुग्नेगरी सरुवा को निर्णय गर्ने गरिएको खड्काले बताए ।
आन्तरिक सरुवाका सम्बन्धमा सम्बन्धित कर्मचारीलाई पत्राचार गरिसकेको नगरपालिकाले जनाएको छ। सरुवा अनुसार अष्टनारायण धिमाललाई ९ नम्बर वडा कार्यालयबाट नगरपालिका कार्या लयमा ल्याइएको छ । यसैगरी चन्दना पोख्रेललाई १ नम्बर वडाबाट नगरपालिकाको भूमि तथा भवन निर्माण शाखामा ल्याइएको छ ।
त्यस्तै नगरपालिकाको जिन्सी शाखामा कार्यरत चतुर्भुज माझीलाइ बेलबारी ७ नम्बर वडा कार्यालयमा सचिवको जिम्मेवारी दिई पठाइएको छ ।, प्राविधिक शुशील सुवेदी लाई ११ नम्बर वडाको प्राविधिकका रूपमा खटाइएको छ । नगरपालिकाको शहरी पूर्वाधार शाखामा कार्यरत राज राईलाई
५ नम्बर वडा कार्यालयको प्रशासन सहायकका रूपमा पठाइएको छ । यसैगरी , नगरपालिकाको सूचना प्रवधि सहायकका रूपमा कार्यरत पारस सुवेदीलाई ८ नम्बर वडा कार्यालयको प्रशासन सहायक बनाइ पठाइएको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरप लिकाका नगरप्रमुख दिलप्रसाद राईले कर्मचारीलाई लामो समयसम्म एउटै कार्यालयमा राख्दा कार्यसम्पादनमा असहजता उत्पन्न हुनसक्ने भएकोले नगरपालिकाको विविधता युक्त समाज र भूगोलसँग परिचित गराउन तथा कर्मचारीको क्षमता बिकास गर्दै जनताले सहज रुपमा सेवा पाउने वातावरणसमेत बनाउन कर्मचारीहरुको आन्तरिक सरुवा गरिएको दाबी गरेका छन्।