२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

अखिल क्रान्तिकारी पथरी बहुमुखीको अध्यक्षमा प्रितिका, ३५ सदस्यीय कमिटी गठन

Author Uttari Morang
शुक्रबार, साउन २५, २०८१
अखिल क्रान्तिकारी पथरी बहुमुखीको अध्यक्षमा प्रितिका, ३५ सदस्यीय कमिटी गठन

पथरी समाचारदाता – साउन- २४ गते। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाइ कमिटीको सम्मेलनबाट प्रितिका भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ ।
बुधबार क्याम्पस परिसरमा सम्पन्न अधिवेशनले कमिटीको उपाध्यक्षद्वय राज लोहार, विमला पोखरेल, सचिवमा कृतिका खनाल, सह–सचिवमाद्वय हिमाल सिन्चुरी समिर, निशान दुलाल र कोषाध्यक्षमा सजिना सेन्चुरी चयन भएका छन् ।
समितिको सदस्यमा पल याख्खा, प्रशान्त तामाङ, जीवन चौहान, अस्मिता खतिवडा, ममता तामाङ रहेका छन् । यसैगरी, विनोद मगर, अञ्जली तामाङ, सरगम लिम्बु, अमिशा मगर, आयुश पराजुली, कृष विश्वकर्मा, संजोग खतिवडा, विपिन सुबेदी, नविन थापा, मनिष ठाकुर रहेका छन् । अन्य सदस्यहरुमा क्षितिज विश्वकर्मा, प्रश्ना खरेल, संप्रेश रिजाल, रसिम श्रेष्ठ, एलन तामाङ, अस्मि खरेल, निर्जल कार्की, मविन योञ्जन, सोना गजमेर, विपिसा पौडेल र विद्या पौडेल रहेका छन् । बाँकी २ सदस्य पछि थप गरिने जनाइएको छ ।
खगिन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारी प्रदेश अध्यक्ष हेमन्त राई, विशिष्ठ अतिथि माओवादी केन्द्र पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष गोविन्द कटुवाल, अतिथि अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नगेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य अनु राई, नेकपा माओवादी विद्यार्थी, युवा तथा खेलकुद नगर फ्याक्सन इन्चार्ज राजकुमार विश्वकर्मा सरोज किराँती लगायतको उपस्थिति रहेको थियो ।