२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मिस्टर नेपालको फाइनलमा पुगेका प्रकाशलाई जिताउन पथरीका संघसंस्थाको अपिल

Author Uttari Morang
बिहिबार, साउन ३१, २०८१
मिस्टर नेपालको फाइनलमा पुगेका प्रकाशलाई जिताउन पथरीका संघसंस्थाको अपिल

मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरीशनिश्चरेका युवा प्रकाश चौहानका जिताउन विभिन्न संघ संस्था तथा परिवारले भोटको अपिल गरेका छन् ।
पथरीशनिश्चरे—४ का प्रकाश चौहान मिस्टर नेपाल बर्ष २०२४ को फाइलनमा पुगेका छन् । भदौ पहिलो साता फाइनलहुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नेछन् ।
प्रकाश चौहान अडिसनको साथै विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ । चौहानलाई जिताउन पथरी जेसीजले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भोट अपिल गरेका गर्नुभएको हाे ।
पथरी जेसीजका अध्यक्ष राज तिरुवाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतिष्पर्धी प्रकाश चौहानका बुवा गणेश चौहान, आमा प्रमिला र दिदी सरस्वती चौहानले भोट दिएर जिताउन आनुरोध गरिएकाे हाे।
पत्रकार सम्मेलनमा पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष पर्शुराम कार्की, जेसीज टिम लगायत उपस्थिति रहेको थिए । चौहानलाई भोट गरेर जिताउन अपिल गरिएकाे छ।