२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

सुकुना क्याम्पसका विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न, प्रकाश भए प्रथम

Author Uttari Morang
शुक्रबार, साउन ३२, २०८१
सुकुना क्याम्पसका विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न, प्रकाश भए प्रथम

सुकुना बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा मिति साउन ३२ गते शुक्रबार विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । प्रतियोगितामा बिएड प्रथम वर्षका प्रकाश कार्की प्रथम, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने द्वितीय,  बिबिएस तेस्रो वर्षका सत्तिस कार्की तृतिय र बिबिए सातौँ सिमेस्टरका देवराज पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रम क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको निर्णायक उपप्राध्यापक दीपक गौतम र शिक्षण सहायक बालकृष्ण गौतम हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले  विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो । विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने अधिकारीले बताउनुभयो ।

सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले संचालन गरेको कार्यक्रममा संयोजक बिदुर सुवेदीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।