२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

भावी योजनाबारे छलफल गर्न डाँस माेरङ्गी सामुदायिक वनले गर्यो याेजना तर्जुमा गोष्ठी 

Author Uttari Morang
मंगलबार, भाद्र १८, २०८१
भावी योजनाबारे छलफल गर्न डाँस माेरङ्गी सामुदायिक वनले गर्यो याेजना तर्जुमा गोष्ठी 

पथरी समाचारदाता / मोरङको पथरीशनिश्चरे- १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगी सामुदायिक वन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।

संस्थाको साधारणसभा नजिकिदै जांदा आगामी भावी योजनाबारे छलफल गर्न संस्थाले गोष्ठिको आयोजना गरेको थियो ।

गोष्ठिमा कानेपोखरि वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, पथरीशनिश्चरे वडा नं- १० का वडाध्यक्ष जीवन खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघ कोशि प्रदेश सदस्य अग्नि पौडेल लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष मदन पोख्रेलले आ.व २०८१/०८२ का लागि प्रस्तावित भावि योजना प्रस्तुत गरेका गर्नु भएको थियाे।

योजनाबारे सुझाव दिंदै कानेपोखरि वडा नं ७ का वडाध्यक्षले जंगलभित्र फलफुल तथा पशुपन्छीको आहाराको अभाव हुँदै गएकोले वन्यजन्तुहरु सडकमा आउंदा त्यसले दुर्घटनाको जोखिम बढेको हुंदा बन्यजन्तुका लागि जंगलभित्रै फलफुलका बोटबिरुवा लगाउन सुझाव दिनुभएकाे थियाे।

संस्थाले आ.व २०८१/०८२ मा ८३ लाख २८ हजार ८ सय १ रुपैयां आम्दानीको लक्ष्य राखेको छ ।