२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

दुई छोरीहरूलाइ बिष खुवाएर मारेपछि हराएकी सुन्दरहरैंचाकी अस्मिता पक्राउ

Author Uttari Morang
बुधबार, भाद्र १९, २०८१
दुई छोरीहरूलाइ बिष खुवाएर मारेपछि हराएकी सुन्दरहरैंचाकी अस्मिता पक्राउ

केही दिनअघि दुई नावालिका छोरीहरुलाइ बिष खुवाएर मारेपछि फरार भएकी मोरङ सुन्दरहरैंचाकी अस्मिता कार्की पक्राउ परेकी छिन् ।

मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र  मृत अबस्थामा भेटिएका १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले बुधबार बिर्तामोडबाट  पक्राउ गरेको हो।

उनले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
“मैले सुरुमा विष पिएँ,  छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ”, उनले भनिन्, “श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।”
अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको थियो ।
घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केराबारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् ।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्की र उनकी पत्नी अस्मिता २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए ।
निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले नाबालिकालाई विष खुवाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।
केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।