२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत मावि प्रथम 

Author Uttari Morang
शुक्रबार, भाद्र २१, २०८१
अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत मावि प्रथम 

पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा अबस्थित दुर्गा माविको  आयोजनामा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पन्चायत मावि प्रथम भएको छ ।
पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरिय प्रतियोगितामा आयोजक विद्यालय सहित जम्मा- ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छनौट गरिएको प्रतियोतात्मक रुपमा संचालन भएको हाजिरी जवाफ प्रतियोगितामा पथरी शनिश्चरे १ को पञ्चायत माविका विद्यार्थी प्रथम भएका छन । प्रथम भएका विद्यार्थीलाई  पथरी शनिश्चरे नगरपालिका कार्यालयका नगर खेलकुद तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे- १ मोरङका संरक्षक योगेन्द्रमान कार्कीले संयुक्त रुपमा नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
यस्तै पथरी शनिश्चरे- ७ को चन्द्र किराँतेश्वर मावि दोस्रो, पथरी शनिश्चरे- ४ को भागिरथ मावि तेस्रो र पथरी शनिश्चरे- ५ को सुगाहाट मावि र आयोजक दुर्गा मावि सान्तावना भएका उनीहरुलाई विद्यालयका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कार रकम र प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा पथरी शनिश्चरे- १ को सुनाखरी मावि, पथरी शनिश्चरे ३ को जनता मावि, पथरी शनिश्चरे- ५ को अमरसिंङ मावि, पथरीशश्चिरे -७ को बालकल्याण मावि, पथरी शनिश्चरे -८ को बुद्ध मावि र पथरी शनिश्चरे ९ को सिहबाहिनी माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पुरस्कार छनौट नपरेका सहभागी विद्यार्थीहरुलाई पनि यातायात खर्च उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराज राजा कार्की (हाल अमेरिका) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा यो कार्यक्रम भएको थियो ।