२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि

Author Uttari Morang
शनिबार, आश्विन ०५, २०८१
आयोजकलाइ पराजित गर्दै डाँडाबजारले जित्यो प्रथम बेतना कपको उपाधि

प्रथम बेतना कप फुटबल प्रतियोगिताको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा आयोजक बेतना युनाइटेड क्लबलाइ ट्राइब्रेकरमा पराजित गर्दै डाँडाबजार फुटबल क्लबले उपाधि हात पारेको हो ।
सातौं दिन शनिबार भएको फाइनलमा खेलको शुरुवातदेखि नै आयोजक हाबी भएको थियो । प्रहिलो हापमै आयोजकले एक गोल गर्दै खेललाई १-० को स्थितिमा पुर्याएको थियो । तर दोस्रो हापको अतिरिक्त समयमा डाँडाबजारले पनि नाटकीय तरिकाले गोल फर्काएपछि निर्धारित समयमा खेल १/१ को बराबरीमा पुगेको थियो ।
करिब एक हजारभन्दा बढी दर्शक उपस्थित भएको खेलमा साँझ पर्न लाग्दा भएको ट्राइब्रेकरमा आयोजक दुइवटा गोल गर्न चुकेपछि डाँडाबजारले दुइ तिन गोल अन्तरले डाँडाबजार उपाधि चुम्न सफल भयो ।
उपाधिसँगै डाँडाबजारले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने आयोजक युनाइटेड क्लबले शिल्ड र प्रमाणपत्रसँगै ५० हजार पाएको छ ।
पुर्वका विभिन्न ८ टीम सहभागी प्रतियोगिताको सेमिफाइनलमा डाँडाबजारले बेलबारी फुटबल क्लबलाई र आयोजकले लेटाङलाइ पराजित गर्दै फाइनल यात्रा निश्चित गरेका थिए ।