२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बुटवलविरुद्ध २-० गोल गर्दै बेलबारी गोल्डकपको फाइनलमा पुग्यो झापा ११

Author Uttari Morang
बिहिबार, कार्तिक ०८, २०८१
बुटवलविरुद्ध २-० गोल गर्दै बेलबारी गोल्डकपको फाइनलमा पुग्यो झापा ११

पहिलो पटक सहभागि भएको बुटबल लुम्बिनी बिरुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लव मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
झापाको जितका लागि दुबै गोल आषिश चापागाईले गरे । २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका लागि पहिलो गोल गरेका हुन् ।
७५ औं मिनेटमा बुटबल लुम्बिनी फुटबल क्लवका रक्षापंक्तिका खेलाडी एन.मेन्डी इवोसिइको आफ्नै डिबक्स भित्र हेन्ड भयो । हेन्ड भएपछि रेफ्री बिक्रम कार्कीले झापालाई पेनाल्टी प्रहारको अवरसर दिए । झापाले दोस्रो गोल पेनाल्टी मार्फत ग¥यो ।
खेलको ८९ औं मिनेट बुटबल लुम्बिनी फुटबल क्लवले गोल गर्ने राम्रो मौका गुमायो । एरिक बिष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्विनी २–० गोलको हार ब्योहोर्दै घर फर्किएको छ ।
दुई गोल गर्ने आशिष आजको खेलमा म्यान अफ दम्याच घोषित भए । चापागाईलाई केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।
शुक्रबार दोस्रो सेमिफाइनल खेल काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लब काठमाडौं र सलहेस फुटबल क्लव सिराहा बिच हुनेछ ।