२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

Author Uttari Morang
शुक्रबार, कार्तिक ३०, २०८१
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्ग खेलमैदान परिसरमा रहेको कबडहलमा प्रतियोगिता शुरु भएको हो ।

डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा शुरु प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले उद्घाटन गरेका छन् । मङ्सिर १ गतेसम्म हुने प्रतियोगितामा म्यान्स डबल ओपन, भेट्रान डबल, अन्डर १७ र महिला जोडीमा नगर स्तरीय खेल हुने छ ।

म्यान्स डबल ओपनमा प्रथमले रु.३० हजार, दोस्रोले २० हजार, तेस्रो र चौथोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छ । भेट्रान डबलमा प्रथमले रु.२० हजार, दोस्रोले १८ हजार, तेस्रो र चौथोले ६ हजार नगद पुरस्कार प्राप्त गर्ने  ब्याडमिन्टन क्लबका अध्यक्ष बलबहादुर तामाङले बताए ।

अन्डर १७ र महिला जोडीमा नगर स्तरियता पहिलो, दोस्रो, तेस्रो र चौथोले क्रमशः, रु.१० हजार, ७ हजार, ३ हजार र ३ हजार प्राप्त गर्ने छन् । साथै अन्तर सदस्यबिच पनि प्रतिस्पर्धा हुने छ । जस अन्तरगत प्रथमले रु.१५ हजार, दोस्रोले १० हजार, तेस्रो र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।