२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

महिला प्रतिभा संघ बेलबारीले विभिन्न कार्यक्रमसहित गर्यो २९ औं बार्षिक साधारणसभा 

Author Uttari Morang
बुधबार, मंसिर १२, २०८१
महिला प्रतिभा संघ बेलबारीले विभिन्न कार्यक्रमसहित गर्यो २९ औं बार्षिक साधारणसभा 

महिला प्रतिभा संघ बेलबारीले २९ औं बार्षिक साधारणसभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
बेलबारी १ स्थित आफ्नै भवनमा संस्थाले मंगलबार एक कार्यक्रम गरी २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । बेलबारी नगरपालिकाकी उप–मेयर नितु थापा कोइरालाको प्रमूख आतिथ्यतामा भएको साधारणसभामा संंस्थाकी अध्यक्ष सकुन्तला सुवेदीले प्रगति प्रतिवेदन तथा भाबी योजना प्रस्तुत गरेकी थिइन् । संस्थाले गत बर्ष तिज बिषेश कार्यक्रम, किशोरी आत्मरक्षा तालिम लगायतका बिभिन्न कार्यक्रम गरेको र अन्य संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागिता जनाएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । अध्यक्षकै प्रतिवेदनमा भाबी योजना अन्तरगत महिलाहरुलाइ सिपमूलक तालिम दिने, आत्मरक्षा तालिम सञ्चालन गर्ने, सहयोगी, जग्गादाता तथा मानार्थ सदस्यहरुको फोटोसहितको नाम कार्यालयमा राख्ने उल्लेख गरिएको छ । साधारणसभामा कोषाध्यक्षको अनुपस्थितिमा सचिव कुन्ति गुूरुङले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारणसभाले उषा तामाङलाइ कोषाध्यक्षमा चयन गरेको छ ।
साधारणसभामा संस्थाकी संस्थापक अध्यक्ष मिनु राइ, बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रिय सदस्य सिता सुवेदी, बेलबारी वडा नम्बर १ की वडा सदस्य हेमा बि.क., जग्गादाता ताराकुमार राइ, बेलबारी ३ की वडा १ की वडा सदस्य बिमला तामाङ लगायतका अतिथिहरुको उपस्थिति थियो । साधारणसभामा संस्थापक अध्यक्ष तथा मानार्थ एवम् सदस्य मिनु राइ र जग्गादाता ताराकुमार राइ सम्मानित भएका छन् ।
साधारणसभामा बोल्दै संस्थापक अध्यक्ष मिनु राइले महिलाहरु चुलोचौकामा मात्र सिमित हुनुपर्ने अबस्थामा २०५१ सालमा आफूहरुले संस्था स्थापना गरेको र बर्तमान अबस्थामा बिभिन्न संघ संस्था एवम् सरकारी निकायमा समेत महिला अधिक।र र शशक्तिपरण बढेको बताइन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमूख अतिथि बेलबारी नगरपालिकाकी उप–मेयर नितु थापा कोइरालाले अझै पनि महिलाले सहजै नेतृत्व पाउने अबस्था नभएको वताइन् । उनले युवा पुस्ता बाहिरिने क्रम बढेको र निकट भविश्यमा वालवालिका बृद्ध र महिला मात्रै मूलुकमा रहने खतरा बढेकोले नेतृत्व सम्हाल्नका लागि महिलाहरु तयारी अबस्थामा रहनुपर्ने बताइन् ।
संंस्थाकी अध्यक्ष सकुन्तला सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा सचिव कुन्ति गुूरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् । यो संस्थाकै समस्यहरुले एकता वचत तथा ऋण सहकारी संस्था लि. समेत सञ्चालन गर्दै आएका छन् । सो सहकारी समेत एउटै भवनमा सञ्चालन हुँदै आएको छ ।