शिक्षा सन्देशमा ३५ स्कूलका शिक्षक तथा अभिभावकहरुको सहभागितामा कार्यशाला हुँदै
Uttari Morang
मोरङ बेलबारी २ मा अबस्थित शिक्षा सन्देश ईङ्लिस स्कुलको आयोजनामा यहि मंसिर १४ र १५ गते शिक्षक अभिभावक समुदाय र शैक्षिक नेतृत्वको भुमिका बिषयक कार्यशाला हुने भएको छ ।
स्कूलले बुधबार बिहान पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । कार्यशालामा बेलबारी, सुन्दरहरैंचा, केराबारी लगायत मोरङका बिभिन्न ३५ वटा स्कुलका शिक्षकहरु सहभागी हुनेछन् । कार्यक्रममा बिद्यार्थी र शिक्षकहरु समेत सहभागी हुने बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष भूपाल बस्नेतले बताए । यस खालको कार्यक्रम गत बर्षदेखि शुरुवात गरिएको बताउँदै बस्नेतले यस बर्षको कार्यक्रममा पनि सहभागिताका लागि सबैलाइ आगूह गरेका छन् ।
बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले विद्यार्थीहरुको भविष्य निर्माण एवम् तिनै विद्याथीहरुले देशको बिकासका लागि केही गर्न सकुन् भन्ने उद्देश्यले विद्यालयले कार्यशालाजस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको बताए । स्कूलले दिएको जानकारी अनुसार कार्यशालाको पहिलो दिन आफ्नै स्कूलका शिक्षक र अभिभावकहरुलाइ तालिम दिइनेछ भने दोस्रो दिन अन्य स्कूलका शिक्षक तथा अभिभावकहरुलाइ ब्यबस्थापन सम्बन्धी तालिम दिइनेछ ।
कार्यशालामा एकेडेमिया कलेज काठमाण्डौंका क्याम्पस प्रमूख राजेश प्रसाद श्रेष्ठ, बाह्रखरी किड्स एकेडेमी काठमाण्डौंका प्रिन्सिपल तथा नेशनल प्याकेज प्यारेन्टिङका प्रशिक्षक भारती अधिकारी, डिमिङ एजुकेशन सेन्टरका सिइओ तथा ्रकाठमाण्डौं विश्वविद्यालयका खोजकर्ता मनिराम घिमिरे, क्याम्ब्रिज इएलटी युकेका इन्स्ट्रक्टर लाउरा मारिया ग्रिर्सन, क्याम्ब्रिज डेल्टा सर्टिफाइड इएलटी काडमाण्डौका प्रशिक्षक शिव प्रसाद जैसी, फ्रिल्यान्सर ट्रेनर तथा कन्सल्टेण्ट उत्सिका अधिकारी, र काडमाण्डौं युनिभर्सिटीका प्रबक्ता तथा म्यानेजिङ डाइरेक्टर पवन अधिकारीले प्रशिक्षण दिनेछन् ।
पत्रकार सम्मेलन कार्यक्रममा कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष तुलसी ढकाल, बेलबारी २ का वडा सदस्य दिपक लिम्बू, बिद्यालयका भाइस प्रिन्सिपल बिशाल राइ लगायतको उपस्थिति थियो ।
बिक्रम सम्बत २०५० सालमा स्थापित शिक्षा सन्देशले प्रि प्राइमरी देखि कक्षा १२ सम्म पठनपाठन गराउँदै आएको छ । हाल कक्षा १२ मा होटल म्यानेजमेण्ट, कम्प्युटर, बिजनेस र बिज्ञान बिषयमा पठनपाठन हुँदै आएको छ ।




