२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

ग्रामथान गाउँपालका अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

Author Uttari Morang
सोमबार, मंसिर १७, २०८१
ग्रामथान गाउँपालका अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

मोरङको ग्रामथान गाउँपालका अध्यक्षमा माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन् ।

६ हजार ९ सय ६९ मत ल्याएर कांग्रेसका बलराम सरदार थारुलाई पराजित गर्दै  माझी गाउँपालिका अध्यक्ष बनेका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार थारुले ५ हजार ३ सय ३३ मत ल्याएका थिए  ।  एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मन ल्याएका थिए  ।

यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३ सय ७५ मत पाएका छन्  ।

ग्रामथान गाउँपालिकामा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । उनको मृत्यु भएपछि त्यहीँ उपचुनाब भएको थियो ।  बिजयी भएका कांग्रेस पृष्ठभूमिका माझी केहि महिनाअघि माओवादीमा प्रवेश गरेका थिए ।