२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी बहुमुखी क्याम्पसको १६  औं  बार्षिककोत्सव तथा बिदाई कार्यक्रम सम्पन्न 

Author Uttari Morang
सोमबार, मंसिर १७, २०८१
बेलबारी बहुमुखी क्याम्पसको १६  औं  बार्षिककोत्सव तथा बिदाई कार्यक्रम सम्पन्न 

बेलबारी बहुमुखी क्याम्पसको १६  औं  बार्षिककोत्सव तथा चौथो बर्षका बिधार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
बेलबारी बहुमुखी क्याम्पस, स्वतन्त्र बिधार्थी युनियनको आयोजनामा आइतबार कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमूख आतिथ्यता र स्वबियु सभापति सियोम सुवेदीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष राजेन्द्र अधिकारी, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न नृत्य तथा रचनाहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा स्नातक तह चौथो बर्ष अध्ययन गरिसकेका विद्यार्थीहरुलाइ बिदाइ पनि गरिएको थियो ।
कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले पहिले भाडामा सञ्चालन हुन थालेको क्याम्पस सबैको सहयोगका कारण हाल सुबिधासम्पन्न भवनमा सञ्चालन भइरहेको बताए ।
बिक्रम सम्बत २०६५ सालमा स्थापना भएको क्याम्पसमा एक हजार भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् । हाल क्यापसमा ब्यबस्थापन, मानविकी र शिक्षा संकायको पढाइ हुने गरेको छ । बेलबारी नगरपालिकाको सहयोगमा क्याम्पसले स्नातक तहमा पहिलो बर्ष बिद्यार्थीलाइ १० हजार छुट दिँदै आएको छ ।
बेलबारी बहुमुखी क्याम्पस केही बर्षयता आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ । क्याम्पसका लागि सरकारले पुरानो बेलबारीमा ४ बिगाह जग्गा उपलब्ध गराएपछि नगरपालिकाको १ करोड, स्थानिय तह पुर्वाधार साझेदार कार्यक्रमको ५० लाख तथा क्याम्पसको ४० लाख बजेट ब्यबस्था भएपछि भवन बनेकोे थियो ।