२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एनपिएलबाट बाहिरिने दोस्रो टीम बन्यो विराटनगर

Author Uttari Morang
बिहिबार, मंसिर २७, २०८१
एनपिएलबाट बाहिरिने दोस्रो टीम बन्यो विराटनगर

पोखरा एभेन्जर्ससँगको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा पोखराले बिहीबारसुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेपछि विराटनगर प्रतियोगिताबाट बाहिरिने दोश्रो टीम बनेको हो । खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको थियो ।
बिराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा फेरि कणर्ालीसँग पराजित भएको थियो ।
पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कणर्ाली याक्ससँग हार बेहोरेको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गर्‍यो ।
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । सुपर ओभरमा ै विराटनगरले १९ रनको लक्ष्य पायो । १९ रनको लक्ष्य पछ्याउन विराटनगर मात्र ५ रनमा सिमित भयो ।
त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएल इतिहासकै यो पहिलो सुपर ओभर हो । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । लुम्बिनी लायन्स बुधबार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।