२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लेटाङमा व्यावसायिक कफी खेती फस्टाउँदै

Author Uttari Morang
शुक्रबार, पुष ०५, २०८१
लेटाङमा व्यावसायिक कफी खेती फस्टाउँदै

मोरङको लेटाङ नगरपालिका वडा नं. १ का कृषकहरु व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
हाल करिब एक हजार रोपनी क्षेत्रफलमा फैलिएको कफी खेतीमा एक लाखभन्दा बढी बिरुवा लगाइएको छ। यस खेतीमा २०० घरधुरी किसानहरू सक्रिय छन् ।

वडा अध्यक्ष बिष्णु कुमार मगरका अनुसार, २०८० सालमा १५०० केजी कफी उत्पादन गरिएको थियो । सो कफी प्रतिकिलो रु. ५३५ मा बिक्री गरिएको थियो। यस्तै, २०८१ मा २० हजार केजी कफी उत्पादन गरिने अपेक्षा गरिएको मगर बताउँछन् ।

वडास्तरमा गठित अनुगमन टोलीले कफी खेतीको अवस्थाबारे अध्ययन गरेको थियो । टोलीमा वडा अध्यक्ष विष्णु कुमार मगर, अगुवा कृषकहरू, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता थियो। टोलीले कफी खेतीको वर्तमान अवस्था, रोगकिरा व्यवस्थापन, र सिँचाइको समस्याबारे जानकारी लिएको छ।
किसानहरूले रोगकिरा व्यवस्थापन, सिँचाइ अभाव, र आधुनिक कृषि प्रविधि नपाउँदा खेतीमा कठिनाइ भएको बताएका छन्। यसलाई ध्यानमा राख्दै वडा कार्यालयले किसानलाई कफी खेतीसँग सम्बन्धित आधुनिक प्रविधि र व्यवस्थापनका बारेमा प्रशिक्षण प्रदान गर्ने, सिँचाइ प्रणालीको सुधार र व्यवस्थापनमा विशेष पहल गर्ने, र रोगकिराको पहिचान तथा समाधानका लागि कृषिविज्ञहरूको सहकार्यमा ठोस योजना बनाउने तयारी गरेको छ।

लेटाङको कफी खेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ। स्थानीय कृषकहरूको सामूहिक प्रयास, वडाको प्रोत्साहन, र बजारमैत्री उत्पादनका कारण लेटाङ व्यावसायिक कफी उत्पादनको उत्कृष्ट क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । कफी खेतीले स्थानीय अर्थतन्त्रलाई बलियो बनाइ लेटाङलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कफी बजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।