२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चुलाचुली स्पोर्टिङ क्लबले जित्यो तेश्रो कुसुमे उधौली कपको उपाधी

Author Uttari Morang
शनिबार, पुष ०६, २०८१
चुलाचुली स्पोर्टिङ क्लबले जित्यो तेश्रो कुसुमे उधौली कपको उपाधी

उधौली पर्व चासोक ताङ्नाम, साकेला, चासुवा, फुलस्याँदर को अबसरमा आयोजित तेश्रो कुसुमे उधौली कपको उपाधी झापाको चुलाचुली स्पोर्टिङ क्लबले जितेको छ ।
तेश्रो उधौली कप फुटबल प्रतियोगिताको शनिबार डिफेन्डिङ च्याम्पियन रोयल स्पोर्टिङ क्लब झापालाई २-० गोलले पराजित गर्दै चुलाचुलीले उपाधी जितेको हो ।
चुलाचुलीले फाइनल खेल शुरु भएको पहिलो मिनेटमै पहिलो गोल गरेको थियो । चुलाचुलीका जर्सी नम्बर ११ का बाबुराम थारुले गोल गर्दै खेललाई १-० को अबस्थामा पुर्याएका थिए । ६० मिनेटमा खेलाइएको खेलको पहिलो हापमा दुवैतर्फबाट गोल गर्ने प्रयास गरेपनि थप गोल नहुँदा खेल १-० को अबस्थामा थियो ।
दोस्रो हापको १२ औ मिनेटमा रोयल स्पोर्टिङका गोलकिपर कुमार गुरुङ रातो कार्ड पाएर बाहिरिएपछि रोयल किपर सहित ८ खेलाडीमा सिमित भएको थियो । दोस्रो हापकै १४ औं मिनेटमा गोल किपर अगाडि बढेको अबस्थाको फाइदा उठाउँदै चुलाचुलीका जर्सी नम्बर ११ का खेलाडी मिक्सन दासले थप गोल गरेपछि खेललाई २-० को अवस्थामा पुर्याउँदै जित सुनिस्चित गरेको थियो ।
प्रतियोगितामा उपाधी जितेसँगै चुलाचुलीले ७५ हजार नगदसहित ट्राफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने र दोस्रो रोयल स्पोर्टिङ क्लबले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । फाइनल खेलको म्यान अफ द म्याच चुलाचुलीका गोलकर्ता मिक्सन दास घोषित भए । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बिजेता र उप-बिजेता एवम् खेलाडीहरुलाइ पुरस्कार प्रदान गरे ।
प्रतियोगिता शुरु हुनुअघि र मध्यान्तरमा राइ, लिम्बू र मगर समुदायको साकेला, पालाम र हुर्रा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
गत आइतबारदेखि शुरु भएको प्रतियोगितामा एपीएफ पकली , लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी), कुसुमे साइनिङ क्लव, रोयल स्पोर्टिङ क्लव, दमक र भाउन्ने युथ क्लव गरी मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी थिए ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि बर्सेनि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।यसअघि दोस्रो उधौली कपको उपाधी रोयल स्पोर्टिङ क्लबले जितेको थियो ।