२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

विभिन्न कार्यक्रम गरी बुद्ध माविले मनायो ४५ औं बार्षिकोत्सव

Author Uttari Morang
शुक्रबार, पुष १९, २०८१
विभिन्न कार्यक्रम गरी बुद्ध माविले मनायो ४५ औं बार्षिकोत्सव

केराबारी क्षेत्रकै अब्बल मध्ये मानिने केराबारी ९ मा अबस्थित श्री बुद्ध माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
बुधबार स्कुल परिसरमा कार्यक्रम आयोजना गरी विद्यालयले ४५ औं बार्षिकोत्सव मनाएको हो ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कन्चनकुमार बुढाथोकीको अध्यक्षता र कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेतको प्रमुख आतिथ्यता थियोे ।
कार्यक्रममा केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर, शिक्षा बिकास इकाईका प्रमुख जीवन गड्तौला, सुकुना क्याम्पसका पुर्व क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ , खदम क्याम्पस केराबारीका प्रमुख टेक बहादुर थपलिया, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेत, जानता मावि बेलबारी १ का प्रधानाध्यापक शम्भु खनाल, केराबारी ९ का वडा सदस्य सुमन ढकाल, लीला दास लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरु तथा विद्यालयका जग्गादाता एवम् सहयोगीहरुको उपस्थिति थियो ।
सो अबसरमा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । सो अबसरमा अविभावकहरु सुष्मा पण्डित र एण्डिसा निरौलालाई सम्मानित गरिएको थियो । त्यसैगरी स्कुलले सहायक लोकेन्द्र कुमार दाहाल दीर्घ सेवा पदक र
२०८० को एसइइमा सत प्रतिशत विद्यार्थी पास गराउने शिक्षकका रूपमा पुरस्कृत भएका छन् । २०८० को एसइइमा सत प्रतिशत विद्यार्थी पास गराउने शिक्षकका रूपमा नै लक्ष्मी सुवेदीलाई पनि सम्मान गरिएको छ ।
बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेतले प्रदेशसभा सदस्यको रूपमा आफुले बुद्द माद्यमिक विद्यालयलाइ सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगरले बुद्ध माविको अपुरो भवन पूरा गर्दै शौचालय निर्माण समेतमा गाउँपालिकाले सहयोग गर्ने बताइन् । उनले गाउँपालिकाले विद्यालयको स्कुल बसहरुको लागि स्कुल बस खरिदका लागि समेत सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
बार्षिकोत्सव कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति पनि प्रदान गरिएको छ । विद्यालयमा हाल १४ वटा १० लाख बराबरका अक्षयकोष छन् ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक छबिप्रसाद धमलाले विभिन्न संघ संस्था, सामुदायिक बन र ब्यक्तिहरुको सहयोगमा स्कुल हालसम्मको अबस्थामा आइपुगेको बताए । स्कुलमा काल ५५ थान कम्प्युटरहरु रहेकोेले कम्प्युटर पढाई पनि भइरहेको र आउँदो शैक्षिक शत्रदेखि कम्प्युटर साइन्स बिषयमा प्लस टु को पढाई शुरु हुने धमलाले जानकारी दिए ।
बार्षिकोत्सबकै अबसरमा विद्यार्थी तथा अभिभावकहरुको सहभागितामा खेलकुद सप्ताह विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक छवि धमलाले बताए । कार्यक्रममा प्रतियोगिताहरुमा बिजयी विद्यार्थी तथा अभिभावकहरुलाइ पुरस्कार बितरण गरिएको थियो ।
छाट्र्बृत्ती दाताहरुसँग छलफल, सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुति समेत भएको विद्यालयले जनाएको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावकहरुबिच हाँडी फुटाउने प्रतियोगिता पनि गरिएको थियो । सो प्रतियोगितामा भवानी सुवेदीले हाँडी फुटाएर पुरस्कार जितेका छन् ।
बिक्रम सम्बत २०३७ सालमा पृथ्वीजंग राइको परिवारले १० कट्ठा जग्गा दिएपछि स्कुल स्थापना भएको थियो । बिक्रम सम्बत २०६७ सालमा पहिलोपटक एसएलसी परिक्षामा सहभागी भएको स्कुलमा हाल १८ कक्षाकोठा छन् भने केही कोठा निर्माणाधीन छन् । कक्षा १० सम्म पठनपाठन भइ रहेकोे स्कुलमा हाल १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने ४ सय ६८ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ५ सम्म अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुने विद्यालयमा पुस्तकालय, गणित ल्याब, कम्प्युटर ल्याब र साइन्स ल्याब छन् ।