२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

Author Uttari Morang
आइतबार, पुष २१, २०८१
केराबारीमा एकैसाथ ऐतिहासिक मच्छिन्द्र मेला र तेस्रो मच्छिन्द्र कप फुटबल सुरु

मोरङको केराबारीमा ऐतिहासिक, धार्मिक, सास्कृतिक मच्छिन्द्र मेला सुरु भएको छ ।
परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मच्छिन्द्र मेला यस वर्ष पनि केराबारी ८ स्थित प्रस्तावित केराबारी रंगशालामा शनिबारदेखि सुरु भएको हो ।
मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिङ मगरले गरेका थिए । मेला उद्घाटन कार्यक्रममा साकेला नृत्य,किरात राई यायोक्खाले साकेला नृत्य,किरात साम्यो नालिफुंग्मा,नेवा देय दबु,नेपाल मगर संघ लगायतका विभिन्न जातजातिका समुहहरुले सास्कृतिक झाँकीहरु समेत प्रर्दशन गरेका थिए ।
हरके वर्ष पौष शुक्ल पञ्चमीका दिन खोलापूजा गरी खडेरी र अनिकाल नलागोस भनेर खोलामा बोका पूजा गरी, मच्छिन्द्र नाथको प्रतिमामा पुष्पअर्पण सहित पूजा गरेर मच्छिन्द्र मेला लगाउने गरिएको छ ।
इतिहासमा विश्वबन्धुदत्त नामका तान्त्रिकले योगि मच्छिन्द्र नाथलाई यही बाटो हुँदै काठमाडौं लिएर गएको र यही एक रात बास समेत वसाएको किम्बदन्तीको आधारमा मच्छिन्द्र मेला लाग्दै आएको भन्ने किम्बदिन्त पाइन्छ ।
तत्कालिन प्रधानपञ्च प्रेमवहादुर मावोहाङले काठमाडौं गएको बेला मच्छिन्द्र नाथको रथयात्रा र विभिन्न जात्रा हेरेपछि प्रभावित भई केराबारीमा मच्छिन्द्र मेला संगै मच्छिन्द्रको नामबाट २०१६ सालमा मच्छिन्द्र प्राथमिक विद्यालय स्थापना गरेको इतिहास छ ।
ऐतिहासिक कालमा मच्छिन्द्र मेला खदम खोलामा लाग्दै आएपनि समय परिर्वतन र सुरक्षा चुनौति, मेला व्यवस्थापन लगायतको कुरालाई मध्यनजर गर्दै केही वर्षदेखि मच्छिन्द्र खेलमैदानमा लाग्दै आएको छ।
मेलाको अवसरमा दिवासत्रमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिबिधिका साथ राहटेपिङ, नौकाविहार, जस्ता रमाइलो खेलहरु संञ्चालन हुनेछ । होटल, तथा विभिन्न स्टलहरु रहेकोे मेलामा कृषि रात्रीकालिन समयमा हरेक दिन नयाँ नयाँ कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिता सुरु
यसैबीच केराबारीमा तेश्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा झापाको विर्तामोड फुटबल क्लब, दमक, राष्ट्रिय जागृति क्लव, इटहरी, रारा फुटबल क्लब, धनकुटा, बेलबारी, आयोजक र काठमाडौं लगायत ८ ओटा टिमले सहभागिता जनाएका छन् ।
आइतबार भएको दोस्रो खेलमा राष्ट्रिय जागृति क्लव इटहरीलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक टीम बिजयी भएको छ । मध्यान्तरअघि केराबारीले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । तर खेलको अन्त्यमा बिदेशी खेलाडी केराबारीका एन्द्रे रातो कार्ड पाएर बाहिरिएका थिए । विजयी भएसंगै आयोजक केराबारी फुटबल क्लब दोश्रो चरणमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा रारा एफसी धनकुटालाई ०-१ गोल अन्तरले हराउदै पानबारी एफसी सुनसरी बिजयी भएको थियो ।