२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पथरी जेसीजको बर्ष २०२५ का अध्यक्षसहित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

Author Uttari Morang
शुक्रबार, पुष २६, २०८१
पथरी जेसीजको बर्ष २०२५ का अध्यक्षसहित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

भुमि पाठक । पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले अध्यक्षसहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष  निर्मला भट्टराई लगायत अन्य पदाधिकारीहरुले पदभार सम्हालेका हुन्।
प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्मा को प्रमुख आतिथ्यता तथा कोशी प्रदेश सभाकी प्रमुख सचेतक तथा सांसद गीता तिम्सिना, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संविधानसभाका सभासदद्वय चण्डी प्रसाद राई र लालबहादुर सुस्लिङ मगर , नेपाल , निरुपीत राष्ट्रिय उपाध्यक्ष उज्ज्वल काब्रा,जेसिज २०२४ का कार्यकारी उपाध्यक्ष भीमबहादुर कुँवर लगायतको विशिष्ट आथित्यतामा सम्पन्न समारोहमा स्काउटका भाइबहिनीहरूले राष्ट्रिय झण्डा सहित स्कटिङ गरी ल्याएकी नवनिर्वाचित अध्यक्ष भट्टराईलाई वर्ष २०२४ का अध्यक्ष जेसीआई सिनेटर राजकुमार विश्वकर्माको गलाको ‘अध्यक्ष पदको चेन’ लगाइदिएर हस्तान्तरण गरिएको थियो।

मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष – २०२५ का लागि निर्विरोध निर्वाचित भएकी थिईन् ।
सोही समारोहमा निर्वाचन आयुक्त प्रमुख सुवर्ण खत्रीले निर्वाचन आयुक्तको कार्यालयबाट गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचन अनुसार विभिन्न पद र जिम्मेवारीमा रहेका व्यक्तित्वहरूको नामवली प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित पदाधिकारीहरूमा क्रमश: महासचिव पदमा नगेन्द्रबहदुर घिमिरे, कार्यकारी उपाध्यक्ष पदमा निरोज बस्नेत र विराज राजा कार्की छन् ।
यसैगरी, उपाध्यक्ष पदका लागि सजिना सेन्चुरी, विजय सहनी, तीर्थराज अधिकारी र जीवन ढकाल पनि निर्वाचित भएका छन् भने हिमाल सेन्चुरी ‘समीर’ सचिव पदका लागि निर्विरोध निर्वाचित भएका छन्।
उक्त समारोहमा नवनिर्वाचित पदाधिकारीहरूलाई अध्यक्ष निर्मला भट्टराईले पदीय जिम्मेवारी सहित पद तथा गोपनियताको शपथग्रहण गराएकी छिन् ।
सोही समारोहमा वर्ष २०२४ भरी पथरी जेसिजका गतिविधिहरू विभिन्न सञ्चार माध्यमरूमा प्रकाशन प्रसारण गरी विशिष्ट योगदान पुर्‍याएको भन्दै पूर्वाञ्चल दैनिक तथा विराट टेलिभिजनका प्रतिनिधि छविराज ढकाललाई सम्मानित गरिएको थियो।
पहिलो सत्रको कार्यक्रम निवर्तमान अध्यक्ष जेसीआई सिनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा भएको थियो भने दोस्रो सत्र को कार्यक्रमको अध्यक्षता वर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष निर्मला भट्टराईको अध्यक्षतामा भएको थियो। उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य डा सुनिल शर्मा, प्रदेश सभाकी प्रमुख सचेतक गीता तिम्सिना, नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे पूर्व जेसी अध्यक्ष दिपेन्द्र तिम्सिना, लगायतले नवनिर्वाचित जेसीज पदाधिकारीहरूलाई बधाई सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पथरी नगरपालिकाका वडा अध्यक्षहरू क्रमश: नैना साम्पाङ राई, विजय लिम्बु, लोक किरण न्यौपाने, नवीन कार्की, चेतन खड्का, पथरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लोकनाथ खरेल तथा सदस्य प्रेमकुमारी ढकाल, नेपाल घरेलु उद्योग महासङ्घ जिल्ला उपाध्यक्ष तुलसीराम ढकाल, नेपाल विराट राजा फाउन्डेसनका योगेन्द्रमान कार्की, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल पथरिशनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, अष्टलक्ष्मी साकोसकी अध्यक्ष दुर्गादेवी दङ्गाल ,लर्डबुद्ध साकोसका व्यवस्थापक गणेशकुमार बाछाना, पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर यमुना बिष्ट बास्तोला, लगायत विभिन्न सामाजिक संघ-संस्थाहरुका प्रतिनिधिहरू, उद्योगी व्यवसायी, पथरी जेसिजका मातृ तथा भातृ जेसीज पदाधिकारीहरू सहित झापा, मोरङ र सुनसरी जिल्लाका पूर्व र वर्तमान जेसीज पदाधिकारीहरूको पनि उत्साहजनक उपस्थिति थियो।