२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मोरङका ९ वटा उद्योग बाणिज्य संघहरुबिच लेटाङमा भेटघाट तथा छलफल

Author Uttari Morang
शनिबार, माघ १९, २०८१
मोरङका ९ वटा उद्योग बाणिज्य संघहरुबिच लेटाङमा भेटघाट तथा छलफल

मोरङका ९ वटा उद्योग बाणिज्य संघहरुबिच भेटघाट तथा छलफल कार्यक्रम लेटाङमा सम्पन्न भएको छ ।
मोरङ उद्योग ब्यापार संघको संयोजन तथा आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघ, रंगेली उद्योग बाणिज्य संघ, पथरी उद्योग बाणिज्य संघ, इटहरा उद्योग बाणिज्य संघ, मिक्लाजुङ ब्यापार प्रबन्ध समिति , लेटाङ उद्योग बाणिज्य संघ, बेलबारी उद्योग बाणिज्य संघ, सुन्दरहरैंचा उद्योग बाणिज्य संघ र केराबारी ब्यापार प्रबन्ध समितिका पदाधिकारीहरु सहित करिब सय जनाको सहभागिता थियो ।
व्यवसायीहरूको नापतौल सम्बन्धी समस्या समाधान गर्न कठिनाई हुने गरेको, आयकर लगायत राजस्व सम्बन्धी समस्याहरू भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको एवं व्यवसाय गर्ने सटरहरू खाली हुँदै गइरहेका कारण उद्योग व्यवसाय क्षेत्रमा अप्ठेरो अवस्था उत्पन्न भएको भन्दै संघले शाखा संघहरूको समस्याबारे विराटनगर बाहिर गएर छलफल गरेको हो ।
शुक्रबार लेटाङ उद्योग बाणिज्य संघको समन्वयमा आयोजित छलफलमा संघका अध्यक्ष अनुपम राठी, पूर्वमन्त्री डिक बहादुर लिम्बुसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला र युवा उद्यम समितिहरूका संयोजकको उपस्थिति रहेको थियो ।
बिक्रम सम्बत २००७ सालमा स्थापित निजी क्षेत्रको जेठो संस्था मोरङ उद्योग व्यापार संघले नगर उद्योग बाणिज्य संघहरूस“ग छलफल गरेको हो ।
लेटाङ नगरपालिका–६ स्थित कपासे होटल भेनिटेजमा आयोजित भेटघाट तथा छलफलमा स्थानीय उद्योग बाणिज्य संघसम्वद्ध व्यवसायीहरूले भोग्नु परेका समस्याबारे छलफल भएको लेटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले बताए ।
संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले देशको व्यापार नीतिमा व्यापाक सुधारको आवश्यकता रहेको बताए । उनले बैंकको चर्काे ब्याजदर घटाउन विगत बर्षमा संघले खेलेको भुमिकाको चर्चा गरेका थिए ।
छलफलमा मोरङ भरीको शाखाहरुलाई संयोजन गर्ने भूमिका निर्वाह गरेका पूर्व अध्यक्ष ओम प्रकाश श्रेष्ठले त्यतिबेला सुन्दरहरैंचा, मिक्लाजुङ र उर्लाबारीमा संघलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरे ।
तत्कालिक मोरङ व्यापार संघका अध्यक्ष रहेका पवन सारडाबाट सांसद कोष र संघबाट ५ लाख रुपैयाँ सहयोग जुटाएर लेटाङ उद्योग बाणिज्य संघको सचिवालय स्थापना गरिएको समेत उनले जानकारी दिए ।