२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

इन्द्रहाङले १५ लाख खर्चेर बनाइदिने भए स्कुल भवन, वडाध्यक्षले गरे शिलान्यास

Author Uttari Morang
सोमबार, माघ २१, २०८१
इन्द्रहाङले १५ लाख खर्चेर बनाइदिने भए स्कुल भवन, वडाध्यक्षले गरे शिलान्यास

बेलबारी २ मा अबस्थित सिंहदेवी आधारभुत विद्यालयको नयाँ भवन शिलान्यास भएको छ ।
हाल बिदेशमा रहेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष इन्द्रहाङ राइको सहयोगमा करिब १५ लाख लागतमा बन्ने भवनको शिलान्यास गरिएको हो । सरस्वती पूजाको अबसरमा सोमबार बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ र इन्द्रहाङकी दिदी पबित्रा राइले भवन शिलान्यास गरेका छन् ।
ब्यबस्थापन समिति अध्यक्ष राइले बिगतदेखि नै स्कुललाई सहयोग गर्दै आएका छन् ।
उनकै पालामा यसअघि कक्षाकोठाहरुमा सिलिङ लगाइएको छ ।
राइले एक बर्षका लागि आफैंले खर्च ब्यहोर्ने गरी एक जना शिक्षक समेत ब्यबस्था गरेको स्थानीय बिजय कार्कीले बताए ।
बिक्रम सम्बत २०४८ सालमा स्थापित स्कुलमा हाल ७ जना शिक्षक शिक्षिका कार्यरत छन् भने कक्षा १ देखि ५ सम्म ९० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
न्युन साधन स्रोत भएको यस स्कुलका लागि स्थानिय बागदेवी सामुदायिक वन लगायत विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् ।
विभिन्न समुदायको वसोवास रहेको क्षेत्रको यस स्कुलमा पिछडिएका र दलित समुदायका विद्यार्थीहरू समेत अध्ययनरत छन् ।