२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

केराबारी ब्यापार प्रबन्ध समितिको नयाँ कार्यसमिति, पदस्थापन कार्यक्रम सम्पन्न

Author Uttari Morang
सोमबार, माघ २१, २०८१
केराबारी ब्यापार प्रबन्ध समितिको नयाँ कार्यसमिति, पदस्थापन कार्यक्रम सम्पन्न

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
केराबारी १० मा अबस्थित समितिको कार्यालयमा सोमबार एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक टेक बहादुर थपलिया, सदस्यहरु शान्तिराम दाहाल र तुलसी थापाले आठौं साधारणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाइ सपथ ग्रहण गराएका छन् ।
केराबारी ब्यापार प्रबन्ध समितिको पौष १९ गते भएको आठौं बार्षिक साधारणसभाबाट किशन शाहीको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय संचालक समिति निर्वाचित गरेको थियो ।  शाही यअघि पनि अध्यक्ष थिए । समितिमा मनुका थापा उपाध्यक्ष, अम्बिका भण्डारी महासचिव, रमेश अधिकारी सचिव र सपना श्रेष्ठ कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा गोमा कटुवाल, उपेन्द्र बहादुर बस्नेत, मतिकुमारी तामाङ, डेबिड बराइली, सीता लुइँटेल र उत्तम घिसिङ छन् । १५ जनाको कार्यसमितिमा ४ जना सदस्यहरु कार्यसमितिले चयन गर्ने केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले जानकारी दिए ।
केराबारी ब्यापार प्रबन्ध समितिको अग्रसरतामा केराबारी बजार पुछारमा अघिल्लो कार्यकालमा गत बर्ष निर्माण शुरु गरिएको प्रवेशद्वारको निर्माणलाई प्राथमिकताका साथ सकेसम्म चाँडै सम्पन्न गर्ने अध्यक्ष शाहीले बताए । प्रवेशद्वारको जग हाल्ने काम सम्पन्न भइसकेको छ ।

२०६७ सालमा स्थापना भएको केराबारी ब्यापार प्रबन्ध समिति मोरङ ब्यापार संघको ९ नवौं शाखा समिति हो ।केराबारी ब्यापार प्रबन्ध समितिमा करिब ५ सय ब्यापारी तथा ब्यबशायी आबद्ध छन् ।