२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नोवेल क्यान्सर अस्पताल र लियो परिषदले बिविध कार्यक्रम गरि मनाए विश्व क्यान्सर दिवस

Author Uttari Morang
बुधबार, माघ २३, २०८१
नोवेल क्यान्सर अस्पताल र लियो परिषदले बिविध कार्यक्रम गरि मनाए विश्व क्यान्सर दिवस

नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ ।

फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु गरी साँझ सम्म कार्यक्रमहरु गरिएको थियो । यस अवसरमा म्याराथन दौड, क्यान्सर सचेतना र्‍याली, स्लो साइक्लिङ्ग तथा पारा—साईक्लिङ्ग प्रतियोगिता, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) को आयोजना गरिएको थियो।

मिनी म्याराथुनको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका समाजिक बिकास मन्त्री पाँचकर्ण राईले प्रमुख आथित्यता ग्रहण गर्नु भएको थियो भने विशेष अतिथि प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, लायन्सका गर्भनर बिकाश अधिकारी, लायन्स जिल्ला ३२५ सि लायन्स इन्द्र खत्री (राजन), नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, उप–निर्देशक डा. मुक्ति आचार्य, प्राचार्य प्रा. डा. राम हरि घिमिरे, सह-प्रधानाध्यापक डा. ऋतु शर्मा बराल, क्यान्सर उप—निर्देशक डा. प्रदीप भण्डारी, महाप्रबन्धक दिपेश राई, नर्सिङ निर्देशक गंगा अधिकारी, स्त्री तथा प्रसूति विभाग प्रमुख डा. गेहनाथ बराल, एनेस्थेसिया विभाग प्रमुख डा. वन्दना पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिस्पर्धात्मक कार्यक्रममा विजयीहरुलाई साँझ आयोजित साँस्कृतिक कार्यक्रममा पुरस्कृत गरिएको थियो । यस क्रममा मिनी म्याराथुन प्रतियोगितामा केन्याका नागरिकको पनि उपस्थिति रहेको थियो र उनी प्रथम भएका थिए । विराटनगरको प्रसिद्ध ब्याण्ड द सूभम एण्ड स्मृतीको प्रस्तुती समेत रहेको थियो । सचेतनामूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहररुले क्यान्सर विरुद्धको जागरूकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ