२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उत्साहजनक बन्दै माओवादीको जनसांगीतिक अभियान

Author Uttari Morang
सोमबार, बैशाख १५, २०८२
उत्साहजनक बन्दै माओवादीको जनसांगीतिक अभियान

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  जन सांगीतिक अभियान २०८२ उत्साहजनक बन्दै गएको छ ।
समाजवादी सांस्कृतिक चेतना रुपान्तरणको लागि चुरे तराई जन सांगीतिक अभियानको पाँचौ दिन मोरङ बेलबारीमा शनिबार भएको कार्यक्रममा कलाकारहरुले गीत, नृत्य र नाटकहरु प्रस्तुत गरे । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश कमिटीको आयोजना, माओवादी केन्द्र बेलबारीको ब्यबस्थापन र जनसाँस्कृतिक महासंघको प्रस्तुतिमा भएको कार्यक्रममा संघीय सांसद अमनलाल मोदी, पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश सांसद गीता तिम्सिना, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज कुसल साम्बा, केन्द्रिय सदस्य हेम कार्की, बैकल्पिक केन्द्रिय सदस्य जयराज सम्योक लगायत बेलबारीका जनप्रतिनिधि, विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरु तथा जनसमुदायको राम्रो उपस्थिति थियो ।
माओवादी केन्द्रका प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेती को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश कमिटी उपाध्यक्ष बिजय साम्पाङले गरेका थिए ।
कार्यक्रममा जनसँस्कृतिक महासंघका कलाकारहरुले बिभिन्न जनबादी गीतहरु प्रस्तुत गरेका थिए । जनबादी गीतमा सहभागी युवा युवतीदेखि बृद्ब बृद्र्ाहरु  पनि छमछमी गाचेका थिए ।  कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन् । कार्यक्रमको अन्त्यमा कलाकारहरुले अबको बाटो नामक सन्देशमुलक नाटक प्रस्तुत गरेका थिए ।
अभियानमा जनसँस्कृतिक महासंघका कलाकारहरु झंकार बुढा मगर, केसरी घर्ती मगर (एलिना), दिपक राई, राकेश किराँती, अनुशा राई, जाइका बान्तवा लगायत दुइ दर्जनभन्दा बढी कलाकारहरु सहभागी छन् । अहिले फैलिदै गएको राजतन्त्रको भ्रम चिर्दै जनजागरण ल्याउनका लागि अभियान सञ्चालन गरिएको माओवादी प्रदेशका उपाध्यक्ष बिजय साम्पाङले बताए ।
बैशाख १० गते उदयपुरको कटारीबाट उद्घाटन गरिएको कार्यक्रम गाइघाट, बेल्टार, धरान हुँदै बेलबारी आइपुगेको हो । अभियान मोरङको मधुमल्ला हुँदै झापाका विभिन्न स्थानमा कार्यक्रम गरी १८ गते बाहुनडाँगीबाट समापम हुनेछ ।