ताजा अपडेट
छथरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक स्कुलमा पढाउनुपर्ने
Uttari Morang
आइतबार, बैशाख २१, २०८२
तेह्रथुमको छथर गाउँपालिकाले एक सूचना जारी गर्दै कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्ना बालबालिकालाई शैक्षिक सत्र २०८२ देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको छ।
गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले जारी गरेकाे सूचनामा वडा कार्यालयमार्फत सम्बन्धित विद्यालय, जनप्रतिनिधि, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गराउन आग्रह गरिएको छ।
यदि निर्णय कार्यान्वयन नगरेको खण्डमा करार कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा राेक्ने, जनप्रतिनिधिको पदबाट नियमानुसार निष्कासन गरिने, स्थायी शिक्षक तथा कर्मचारीको सेवा सुविधा रोक्ने र कार्य सम्पादन मूल्यांकन प्रक्रिया पनि रोकिने सूचनामा उल्लेख छ ।




