२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगरपालिका का एक सय ७० जना विद्यार्थीलाई छात्रवृत्ति

Author Uttari Morang
शनिबार, बैशाख २७, २०८२
बेलबारी नगरपालिका  का एक सय ७० जना विद्यार्थीलाई छात्रवृत्ति

बेलबारी नगरपालिकाले नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने  एक सय ७० जना विद्यार्थीहरूलाई रु.१४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाभित्र माध्यमिक तह कक्षा ११ र १२ सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो  ।  यस आर्थिक वर्ष उक्त छात्रवृत्ति रकम बेलबारी भित्रका ८ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरूले विद्यालय प्रशासनसँग सम्पर्क गरी छात्रवृत्तिको सुनिश्चितता समेत गर्न नगरपालिकाले आग्रह गरेको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली नगरपालिका/विद्यालयको वेबसाइट तथा फेसबुक पेजमा समेत प्रकाशन गरिएको बेलबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

बेलबारी नगरपालिकाले कक्षा ११ मा विज्ञान विषय अध्ययनरत कुल विद्यार्थीहरूमध्ये ५० प्रतिशत विद्यार्थीहरूलाई लिएको शुल्क बमोजिम पूर्ण छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास शाखाकी प्रमुख एलिना बस्नेतले जनाएकी छिन । उनका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई गत आर्थिक वर्षमा तोकिएको बमोजिमकै रकम उपलब्ध गराइएको छ । र कक्षा ११ का लागि विज्ञान विषय बाहेक अधिकतम रु.९ हजार सम्म र सो भन्दा कम शुल्क लिई आएकाहरूका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो ।

जनता नमुना मा.वि बेलबारी ९ मा कक्षा ११ मा अध्ययन गर्ने ३७ जना, भगवती मा.वि बेलबारी ३ मा कक्षा ११ मा अध्ययन गर्ने २८ जना र कक्षा १२ मा अध्ययन गर्ने २३ जना, धनपाल मा.वि बेलबारी ५ मा कक्षा ११ का ७ जना र १२ मा अध्ययन गर्ने ८ जना, बेलबारी ११ को लक्ष्मी मा.विका कक्षा ११ का ११ जना र कक्षा १२ का ६ जना, बेलबारी ९ को काली मा.विका कक्षा ११ का ५ जना र कक्षा १२ का ६ जना, कसेनी मा.वि बेलबारी ४ को कक्षा ११ का ५ र कक्षा १२ का ५ जना, बेलबारी ८ को जनता मा.विका कक्षा ११ का ७ जना र १२ का ५ जना र बेलबारी १० मा रहेको धिरनाथ स.वि मा.विका कक्षा ११ का ११ जना र १२ मा अध्ययनरत ६ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।