२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

पूर्वाञ्चल हाइकु संघद्वारा प्रकाशित ‘सुनौलो जून’ लोकार्पण

Author Uttari Morang
शनिबार, बैशाख २७, २०८२
पूर्वाञ्चल हाइकु संघद्वारा प्रकाशित ‘सुनौलो जून’ लोकार्पण

पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशद्वारा प्रकाशित हाइकु सङ्ग्रह ‘सुनौलो जून’ को लोकार्पण भएको छ ।

समारोह बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

लोकार्पण समारोहमा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा अनुसन्धाता केशु विरही, धनजीत पराजुली, दीपा मङ्ग्राती, मुना मिश्र, यादव भट्टराई लगायतका कलाकार र साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो ।

राजेंद्र प्रधान पासाले ‘सुनौलो जून’ माथि विचारणीय समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चूडामणि नेपाल अकिञ्चन, डी.बी. बस्नेत, एवाइ प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्का लगायतका स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई थप सार्थक बनाउनुभएको थियो । बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईलाई कार्यक्रममा विशेष सम्मान समेत प्रदान गरिएको थियो ।

पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशका सदस्य सिजन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तिला लेकालीले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष हेमसागर पोखरेलले गर्नुभएको थियो ।