२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

एकैपटक चार जना बालिकाहरु बेपत्ता, देखे खबर गरिदिन परिवारजनको आग्रह

Author Uttari Morang
आइतबार, जेठ १९, २०८२
एकैपटक चार जना बालिकाहरु बेपत्ता, देखे खबर गरिदिन परिवारजनको आग्रह

मोरङ बेलबारी नगरपालिका–२, लालभित्तिबाट एकै स्थानका चार जना बालिकाहरु एकसाथ बेपत्ता भएका छन्।

जेष्ठ १५ गते बिहीबार बिहान ११ बजे साथी भेट्न जाने भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कविहीन छन्।

बेपत्ता हुने बालिकाहरूमा १५ वर्षीया सबिता परियार, १२ वर्षीया स्मृति परियार, १३ वर्षीया जेनिसा नेपाली र १२ वर्षीया अनुस्का परियार छन्। चारैजना बालिका नजिकका साथीहरू हुन् ।

बालिकाहरूको बारेमा अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।वालिकाका परिवार र आफन्तले वालिकाहरूलाई कतै देखे वा भेटेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन वा वा  मोबाइल नम्बर ९८०३९४९१४४ र ९८१८८२९८०५ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेका छन्।

परिवार र आफन्तले वालिकाहरुको खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । वालिकाहरु हराएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।