२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने

Author Uttari Morang
बुधबार, जेठ २२, २०८२
बेलबारीमा स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने

तामाङ भाषाका लेखक तथा श्रष्टा स्व. रमेश लामाको स्मृतिमा बेलबारीमा नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।
तामाङको स्मृतिमा यहि जेठ २४ गतेदेखि ३१ गतेसम्म प्रथम स्व.रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ टुक्रेस्थित बेलबारी रंगशालामा सो प्रतियोगिता हुनेछ । प्रतियोगितामा पुर्वी नेपालका आठ टीम सहभागी हुनेछन् ।

प्रतियोगितामा आयोजक टिम बेलबारी फुटबल क्लब ‘ए’, इनरुवा फुटबल क्लब, योङ्ग ब्रदर्स क्लब इटहरी, केराबारी फुटबल क्लब, डाँडाबजार फुटबल क्लब, रेड स्टार फुटबल क्लब बिर्तामोड झापा, आयोजक टिम बेलबारी फुटबल क्लब ‘बि’ र आर.आई.एफ।सी काठमाडौँ  सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ रुपैया नगद प्राप्त गर्नेछन ।

बेलबारी नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका लागि लामाको परिवारले २ लाख रुपैयाँ सहयोग गरेको छ ।प्रतियोगिताको लागि पत्रकार सम्मेलनमा स्व।रमेश लामाका पत्नी साबित्रा राई तामाङले रु. २ लाख प्रदान गरेकी छिन् ।

उद्घाटन खेल आयोजक टिम ‘ए’ र इनरुवा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३१ गते शनिवार हुने आयोजकले जनाएको छ ।

बिक्रम सम्बत २००५ सालमा खोटाङको धारापानीमा जन्म भई २०३५ सालदेखि बेलबारीमा बसोबास रहेका रमेशकुमार तामाङको २०७८ सालमा निधन भएको थियो । मूलतः मातृभाषाका लेखक तथा स्रष्टाको रूपमा परिचित तामाङका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनी कला संस्कृति र राजनीतिमा पनि सक्रिय थिए ।