२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगर अस्पतालमा १० महिनामा झण्डै ५० हजारले गराए उपचार

Author Uttari Morang
बिहिबार, जेठ ३०, २०८२
बेलबारी नगर अस्पतालमा १० महिनामा झण्डै ५० हजारले गराए उपचार

बेलबारी नगर अस्पतालमा २०८१ साउनदेखि बैशाख मसान्तसम्ममा चेक जाँच तथा उपचारका लागि कूल ४७ हजार ३ सय २ जना बिरामीहरु आएका छन् ।
स्वास्थ्य जाँच र उपचारका धेरैजसो सुबिधा उपलब्ध भएपछि बेलबारी नगर अस्पतालमा मा बिरामीहरु बढेका हुन् । शनिबार र सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मसेवा दिइदै आएको नगर अस्पतालमा रगत, दिशा, पिसाब र खकारका सबैखाले जाँचसहित दैनिक एक्सरे, भिडियो एक्सरेसमेतको सेवा उपलब्ध छ । एमडी र एमबीबीएस डाक्टरहरुबाट समेत उपचार सेवा दिईंदै आएको नगर अस्पतालमा हाल १ जना बिशेषज्ञ र २ जना एमबीबीएस डाक्टर एवम् स्वास्थ्यकर्र्मीसहित ३४ जना कर्मचारी छन् ।
अस्पताल ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले आफूहरु निर्वाचित भएयता नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याइएको र बिषेशज्ञ सेवा सहित सबै खाले स्वास्थ्य उपचारको सुबिधा समेत थप गरेको बताए । सबै खाले उपचार र स्वास्थ्य बिमाको सेवा उपलब्ध भएपछि हाल नगर अस्पतालमा नगर क्षेत्रबाट मात्र नभई आसपासका पालिकाबाट पनि स्वास्थ्य बिमा गरेका बिरामीहरु आउने क्रम बढेको मेयर राइले जानकारी दिए । ७ वटा बेड सञ्चालनमा रहेको अस्पतालमा हाल दैनिक सरदर २ सय बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बिमाका लागि ३५ सय पनि तिर्न नसक्ने नगरबासीलाइ नगरपालिकले वडा मार्फत ५० देखि सत प्रतिशतसम्म ब्यहोरेर बिमा गराउने गरेको छ । जनता उपचार कोशको सेवा लिने क्यान्सरजन्य रोगका बिरामीहरुलाइ पनि सचेतना जगाइ बीमा गर्न लगाइएकोले पनि बिमा गर्नेहरुको संख्या बढेको मेयर राइले बताए ।
सबैजसो जाँच र उपचार सेवा उपलब्ध भएपनि नगर अस्पताल बेलबारी १ मा अबस्थित साबिक बेलबारी प्राथमिक स्वास्थ्य चौकी परिसरमा सञ्चालन भइरहेको छ । पर्याप्त भवन नहुँदा अस्पताल प्रशासन भाडामा समेत सञ्चालन हँदै आएको छ । नगर अस्पतालका लागि करोडौं लागतमा बेलबारी ४ मा सुबिधा सम्पन्न अत्याधुनिक भवन निर्माण सम्पन्न भएपनि प्रदेश प्रहरी अस्पताल बेलबारीमा पुनस्थापित हुने र तत्कालका लागि प्रदेश प्रहरी अस्पताल नगर अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आशामा नयाँ भवनमा नगर अस्पताल सर्ने टुङ्गो लाग्न सकेको छैन ।
नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ । केही समय अघिको तथ्यांक अनुसार अस्पतालमा बिमा गरेका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ८० प्रतिशत र बिमा नगर्ने बिरामीहरु १९ प्रतिशत हुन आउँछ । अस्पतालमा ९० प्रतिशत मानिसहरु रोगको शंकामा जँचाउनका लासग र १० प्रतिशत बास्तबिक बिरामीहरु आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नगर अस्पतालमा पहिलोपटक उपचार गर्न आएकी बेलबारी ४ की सरस्वती राईले नगर अस्पतालले दिने सेवा सुबिधा आफूलाइ राम्रै लागेको बताइन् ।
बिक्रम सम्बत २०७८ को जनसंख्या अन्सार बेलबारी नगरपालिकाको कूल जनसंख्या ८१ हजार ७ सय ७१ छ । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार केहस् समय अघिसम्म बेलबारी बिमा गर्नेहरुको संख्या कूल संख्या ४६ हजार ८ सय ४९ छ ।