२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

दश महिनामा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरे बेतना

Author Uttari Morang
मंगलबार, जेठ २८, २०८२
दश महिनामा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरे बेतना

मोरङमा सबैभन्दा ब्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेतना सिमसारमा बिगत १० महिनाको अबधिमा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरेका छन् ।
बेतना सिमसारले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ साउनदेखि २०८२ जेठसम्ममा एक लाख ३६ हजार आठ सय जनाले प्रवेश टिकट काटेर बेतना सिमसारको भ्रमण गरेका हुन् । यो तथ्याङ्क निशुल्‌क प्रवेशको सुविधा पाएका १० वर्ष मुनिका बालबालिका, ७० बर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समिति बाहेकको हो । त्यस्तै सोही अवधिमा १५ हजार ३ सय १५ वटा मोटरसाइकलबाट पार्किङ शुल्क प्राप्त भएको छ । दश महिनाको अबधिमा १ हजार ७ सय ४३ वटा साना चारपाङ्ग्रे सवारी, ३ सय १३ वटा बस, ४ सय वटा साइकलबाट पार्किङ शुल्क उठेको छ । यस आर्थिक बर्षको झण्डै ११ महिनाको अबधिमा ५ सय वटाभन्दा बढी बनभोज टोली आएको र ५ हजार ९ सय १६ जनाले टिकट काटेर डुंगा (बोटिङ) गरेको बेतना सिमसारले जनाएको छ
बेतना सामूदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको बेतना सिमसारमा धेरैजसो मानिसहरु रमणीय सिमसार हेर्न आउँछन् । बेतनामा बिभिन्न जातका माछा, कछुवा, जीबजन्तु, बनस्पति आदि छन् । यहाँ विश्व कै दुर्लभ प्रजातिका कछुवा छन । सिमसार भित्र सय केजी भन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउँछन । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन केन्द्रका रुपमा पनि चिनिन्छ ।
केहि बर्ढयता सिमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्दार गरी ल्याइएका जङ्गली जीव जन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सीमसार क्षेत्रमा नील गाई , विभिन्न प्रजातिका बाँदर, लोखर्के, बन बिरालो,सर्प,अंजिगर, चाइनिज मुसा ,खरायो, लाटोकोसेरो, हुँचिल,दुम्सी,चित्तल लगायतका जीवजन्तुलाइ संरक्षण गरिएको छ । हिउँदमा साईबेरिया देखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकोले पनि यो क्षेत्र आकर्षक गन्तब्य बनेको जानकारहरू बताउँछन् ।
सिमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिंचित गरेको छ । बि।स २०५७ सालमा बेतौना जलउपभोक्ता समुह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समुहले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् । सिमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उदेश्यले वातावरण सौन्दर्यविदहरूको सहयोगमा कमिलो, विभिन्न प्रजातिका हाडखोरहरुको प्रतिमा समेत बनाएर राखिएको छ , जसले उक्त क्षेत्रको फरक पहिचान दिएको छ । सिमसार क्षेत्रमा दुई प्रजातिको दुर्लभ बेत बनस्पति पनि पाइन्छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँ सम्म पाइदैन । १ सय ७४ दशमलव (१ हेक्टरमा फैलिएको सामूदायिक वनमा ११ हेक्टर क्षेत्रफलमा मसार क्षेत्र छ भने ७ हेक्टरमा पोखरी क्षेत्र रहेको छ । सिमसार क्षेत्रको संरक्षणको लागि बरिपरि तार घेराबारा समेत गरिएको छ । केही बर्षदेखि बेतनाको सिमसार पोखरीमा संचालन गरिएको ढुंगा हाल आएर आम्दानीको मुख्य स्रोत भएको छ । – संयन्त्र साप्ताहिकबाट