२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक

Author Uttari Morang
बुधबार, आषाढ ११, २०८२
बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक

बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकाको १७औँ नगरसभा अधिवेशनमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्।

प्रस्तावित बजेटमा चालू, पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी तीनवटा शीर्षकमा रकम विनियोजन गरिएको छ। चालू खर्चका लागि ७१ करोड ३७ लाख ९२ हजार, पुँजीगत खर्चका लागि ३७ करोड ४७ लाख ५५ हजार र वित्तीय व्यवस्थापनतर्फ ६० लाख रुपैयाँ छुट्याइएको छ।बजेटको स्रोतका रूपमा ३३ करोड ८० हजार रुपैयाँ आन्तरिक आयबाट उठाउने र बाँकी ७६ करोड ४४ लाख ६६ हजार रुपैयाँ सङ्घीय, प्रदेश सरकार तथा अन्य साझेदारहरूसहितका बाह्य स्रोतबाट जुटाउने लक्ष्य लिएको छ।प्रस्तावित बजेट नगरको समग्र विकास, पूर्वाधार विस्तार, सामाजिक उत्थान, वातावरण संरक्षण, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी प्रवर्द्धन र सेवा प्रवाह सुधार जस्ता बहुआयामिक पक्षमा केन्द्रित गरिएको बताइएको छ। विशेषगरी नगर अस्पतालको सुदृढीकरणका लागि ७ करोड ५० लाख विनियोजन गरिएको छ भने, क्रमागत र भक्तपूर्ण योजनाहरूलाई समेत प्राथमिकतामा राखिएको छ।८५ हजार बराबरको बजेट अनुमान गरेको भए पनि जेठ मसान्तसम्म चालू खर्चतर्फ करिब ४५ करोड ३० लाख (७२.६२%) र पुँजीगत खर्चतर्फ १६ करोड ७२ लाख (४७.९२%) खर्च भएको समिक्षामा उल्लेख छ। पुँजीगत खर्च कम हुनुका पछाडि सङ्घीय सरकार तथा विकास साझेदारबाट समयमै बजेट प्राप्त नहुनु, सङ्घीय राजस्व बाँडफाँडमार्फत करिब ७४ प्रतिशत मात्र रकम आउनु, अनुदान शीर्षकमा बजेट कटौती हुनु र घरजग्गा रजिस्ट्रेसनजस्ता आन्तरिक श्रोतबाट अपेक्षित राजस्व नआउनुजस्ता चुनौतीहरू देखिएका छन्। यद्यपि, अधिकांश योजना तथा कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी उपप्रमुख कोइरालाले नगरसभालाई दिएकी छिन् ।  नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा नगरसभाको कार्यक्रम भएको थियो । नगरसभाको अर्को बैठक असार ३० गतेको लागि बोलाइएको छ ।