२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

१० करोड ठगेर अधिकृत फरार, झापा, मोरङ र सुनसरीमा पक्राउ पुर्जी जारी 

Author Uttari Morang
शनिबार, आषाढ १४, २०८२
१० करोड ठगेर अधिकृत फरार, झापा, मोरङ र सुनसरीमा पक्राउ पुर्जी जारी 

इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेललाई उपमहानगरपालिकाले एक वर्षको बेतलबी बिदा स्वीकृत गरेको छ। तर लुइँटेल झापा,मोरङ र सुनसरीका विभिन्न व्यक्तिसँग झन्डै १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार छिन्।
उक्त बिदा उनको स्वास्थ्य कारण देखाएर इमेलमार्फत आएको निवेदनका आधारमा दिइएको हो। १४५ औँ कार्यपालिका बैठकबाट बिदा स्वीकृत गरिए पनि उनलाई अदालतबाट ठगीसम्बन्धी पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा यसरी बिदा दिने निर्णयले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका अनुसार लुइटेलले स्वास्थ्य कारण देखाउँदै इमेलमार्फत बिदा मागेकी थिइन्। भट्टराईले भने,“बिदा निवेदन आएपछि प्रक्रियाअनुसार कार्यपालिका बैठकबाट एक वर्षको बेतलबि बिदा स्वीकृत गरिएको हो।”
इटहरी प्रहरी प्रमुख प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार,“हामीले पक्राउ पुर्जीको आधारमा खोजतलास गरिरहेका छौँ। घरमा समेत छापा मारिएको थियो, तर उनी फेला परिनन्।”यसैबिच, इलाका प्रहरी कार्यालय बेलबारी,मोरङका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार लुइँटेलविरुद्ध उजुरी परेको र त्यसकै आधारमा पक्राउ पुर्जी जारी गरिएको हो।