२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन

Author Uttari Morang
शनिबार, साउन ०४, २०८२
कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन

भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन गरिएको छ ।

बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित एक कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो ।
लेखक तथा सर्जक केशु विरहीको अध्यक्षतामा गठित तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता कुलुङ राई (सहसचिव), चिरञ्जीवी काफ्ले ( कोषाध्यक्ष) रहेका छन् । त्यस्तै ३ जना सदस्य पछि थप्ने गरी गठित १३ सदस्यीय समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोस विश्वकर्मा, सिजन श्रेष्ठ, नवीन थापा क्षेत्री, लक्ष्मीप्रसाद फुयल आदि रहेका छन् ।
उक्त साहित्यिक भेलामा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दरहरैँचा कला साहित्य विकास समिति समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, अग्रज स्रष्टा रामविक्रम थापा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै प्रकाश भट्टराई, रमेशचन्द्र अधिकारी, खेमचन्द्र अधिकारी, सन्ताेष सुन्दास, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, दुर्गा न्यौपाने रूपाखेती, शान्ता भट्टराई, एकराज भट्टराई, लगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
आर्थिक कोषका अभावमा गठन भएको केही वर्षमै बन्द हुने कुरालाई मध्यनजर गर्दै आफूहरूको विशेष ध्यान संस्थाको अक्षयकोष निर्माणमा रहेको नव गठित तदर्थ समितिका सचिव नवराज पोखरेल नवशिला बताउँछन् ।
पछिल्लो समय साहित्यिक संस्था साहित्यिकजस्ता नभएर कुनै अमुक राजनीतिक पार्टीका भातृ संस्थाजस्ता बनेकाले साहित्यलाई साहित्यजस्तो बनाउने आफूहरू लागिरहेको नव गठित संस्थाका अध्यक्ष केशु विरहीले बताए ।